मन्त्री घिमिरेले गरे कटहरीका जेष्ठ नागरिकलाई सम्मान

 न्यूज विराट
मन्त्री घिमिरेले गरे कटहरीका जेष्ठ नागरिकलाई सम्मान

विराटनगर, असार २४–प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जेष्ठ नागरिकहरुका लागि आवश्यक सहयक सामाग्री वितरण गरेका छन् । मन्त्री घिमिरेले आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत मोरङको कटहरी गाउँपालिकाका ४९ जना जेष्ठ नागरिकहरुलाई सम्मानसहित विविध सामाग्री वितरण गरेका हुन् ।

सो गाँउपालिका वडा नं. १, २ र ३ का ज्येष्ठ नागरीकहरुलाई मन्त्री घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्र्तगत आवश्यक सामाग्रिहरु वितरण गरिएको हो ।

विराटनगर न्यूज मिडिया ग्रुप प्रालिको आयोजनामा कटहरी २ स्थित आदर्श पुस्तकालय परिसरमा आयोजित कार्यक्रमका बीच कटहरीका ४९ जना ज्येष्ठ नागरीकहरुलाई सम्मानपत्रसहित सामाग्रि तथा नगद वितरण गरिएको हो ।

सो अवसरमा मन्त्री घिमिरेले जेष्ठ नागरिकलाई तिर्थ यात्रामा लैजानका लागि बजेट बिनियोजन गरिएको भएपनि विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को असरका कारण हिँडडुल गर्ने अवस्था नभएका कारण कार्यक्रमको स्वरुप बदलिएको जानकारी दिए ।

उनले समयले साथ दिएको खण्डमा आगामी वर्षमा जेष्ठ नागरिकहरुलाई तिर्थयात्रामा लैजाने प्रतिवद्धतासमेत जनाए । मन्त्री घिमिरेले कटहरी गाउँपालिकामा प्रदेश सरकारका दुई मन्त्रीको निर्वाचन क्षेत्र रहेको बताउँदै कटहरीको चौतर्फी विकासका लागि गाउँपालिकालाई आफुहरुको साथ रहेको बताए । उनले कटहरीलाई सवल र सक्षम बनाउनका लागि आफु लागि परेको बताए ।

मन्त्री घिमिरेले सिंघिया नदी नियन्त्रणका लागि कटहरी र विराटनगर वारीपारि दुवै तर्फ तटबन्धन गर्ने गरी आगामी आर्थिक वर्षको बजेटमा २ कारोड रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी दिए । उनले कटहरीको एकिकृत तरकारी तथा फलफुल विक्रि केन्द्रको उचित व्यवस्थापनसमेत गरिने बताए ।

कार्यक्रममा मन्त्री घिमिरे, कटहरी गाँउपालिकाका अध्यक्ष रामकुमार कामत, उपाध्यक्ष मंजिता सरदार र आयोजक संस्थाका अध्यक्ष मृत्युञ्जयकुमार झाले ज्येष्ठ नागरीकहरुलाई सामाग्रि हस्तान्तरण गरे । सो क्रममा ज्येष्ठ नागरीकहरुलाई जुत्ता, छात्ता, टर्च लाईट, झुल र गम्छा सहित नगद ५ सय रुपैयाँ यातायात खर्चसमेत प्रदान गरिएको थियो ।

ज्येष्ठ नागरीकहरुलाई सम्मानपत्रले सम्मान गर्दै सामाग्रि वितरण गरिएको आयोजक संस्थाका कार्यकारी निर्देशक किशोर विश्वकर्माले जानकारी दिए । जेष्ठ नागरिकहरुको सम्मानका लागि मन्त्री घिमिरेले प्रदेश निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरेका थिए ।

सम्बन्धित समाचार

जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त...

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं, ३१ वैशाख -नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा रुपन्देहीका...

१ भदौबाट अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सीसीएमसीको प्रस्ताव

काठमाडौं, २५ साउन-कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान १ भदौदेखि नखुलाउने प्रस्ताव गरेको छ । सीसीएमसीको आजको बैठकले यस्तो प्रस्ताव गरेको हो ।  साउन ५ मा बसेको...

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा फराकिलोे मतान्तरले विजयी

विराटनगर / विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार नागेश कोइराला मेयर र एमालेकी शिल्पा निराला कार्की उपमेयरमा निर्वाचित भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणाम अनुसार कोइराला र कार्की विजयी भएका हुन् ।...

सोमबार थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाठौं, २६ जेठ-सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार थप ३ सय १४ जनामा...

जिल्लास्तरीय वादविवादमा एभरेष्ट र साजिलाल प्रथम

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा आज सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन् । स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा सामाजिक सन्जालको...

विराटनगरको बसपार्कमा तरवार प्रहार, विजय कामत घाइते

विराटनगर । गुण्डागर्दीमा संलग्न विराटनगर ११ का रेगन कँडेलले तरवार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका छन् ।विराटनगर– ११ बसपार्कमा मंगलबार राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर १२ का विजय कामतलाई...

भारतमा मालबाहक रेलले किचेर १६ जना प्रवासी मजदूरहरुको मृत्यु

एजेन्सी, बैशाख २६-महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्