पछिल्लो २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, ४ जिल्ला कोरोना ‘फ्री’

 न्यूज विराट
पछिल्लो २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, ४ जिल्ला कोरोना ‘फ्री’

काठमाडौं, २३ असार-नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ ।  हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ७ हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ को आधारमा निको हुनेको दर ४६.३८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएको उनले बताए । आइसोलेशनमा रहनेको सङ्ख्या ८ हजार ६३४ रहेको छ । २५ हजार ७२७ जना मुलुकभरका क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए ।

सङ्क्रमण दर ओरालो 

पछिल्ला ५ दिनमा कूल परीक्षणको तुलनामा सङ्क्रमित हुनेको प्रतिशत निरन्तर घटिरहेको उनले बताए । कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसिरहेकाको सङ्ख्या पनि घट्दो रहेको उनको भनाइ छ । यही असार १९ गते नयाँ पोजेटिभको सङ्ख्या ७४० (१६.५ प्रतिशत), २० गते २३२ (५.७ प्रतिशत), २१ गते २९३ (६.२ प्रतिशत), २२ गते १८० (३.८२ प्रतिशत) र आज २०४ अर्थात् ३.३ प्रतिशत नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

यस्तै, आइसोलेशनमा उपचाररत सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । यही असार १९ गते आइसोलेशनमा कूल ९ हजार ८४ सङ्क्रमित उपचारत रहेकामा २० गते ९ हजार ४२, २१ गते ९ हजार २०३, २२ गते नौ हजार ११८ र २३ गते ८ हजार ६३४ जना उपचारका क्रममा रहेका छन् । प्रदेश २ मा महोत्तरी र रौतहट, प्रदेश ५ पाल्पा र सुदूरपश्चिम प्रदेशमा अछाम, कैलाली र बाजुरमा अहिले पनि ५ सयभन्दा बढी सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको उनले जानकारी दिए ।

पीसीआर परीक्षणमध्ये कूल सङ्क्रमणको दर ६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना पोजेटिभमध्ये मृत्युदर ०.२ प्रतिशत र जम्मा मृत्युप्रति १० लाख (पोजेटिभ)मा १.२ प्रतिशत रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् ।

कूल ७७ जिल्ला नै कोरोना प्रभावित भएकामा पछिल्लो समय ४ जिल्ला ‘कोरोना फ्री’ भएका छन् । प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा कोरोनाको ‘एक्टिभ केस’ नरहेको प्रवक्ता डा गौतमले बताए । ‘४ वटा जिल्लामा अहिले कुनै पनि कोरोना सङ्क्रमित बिरामीहरू हुनुहुन्न,’ उनले भने ।

सम्बन्धित समाचार

कान्तिपुर कलेजमा विद्यार्थीको आकर्षण, ८५० कोटामा १३ सय ३७ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका...

प्रदेश १ मा आज २६ संक्रमित थपिए, संक्रमितको संख्या ६०४ पुग्यो

विराटनगर, १७ असार–प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र...

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...

सगरमाथा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगरस्थित सगरमाथा स्कुलमा सगरमाथा स्पोर्ट्स मिट सुरू भएको छ । एक कार्यक्रम आयोजना गरि पाँच दिनसम्म संचालन हुने सगरमाथा स्पोर्ट्स मिट शुक्रबारदेखि सुरू भएको हो । सगरमाथा स्पोर्ट्स मिटको उद्घाटन स्कुलका प्रिन्सिपल त्रिलोचन...

प्रदेश १ मा फेरी बढे संक्रमित, आज १०३७ जना थपिए

विराटनगर, १० जेठ-प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २,...

९ हजारले लगाए कोरोनाविरुद्धको खोप

कोरोना भाइरसविरुद्धको खोप ९ हजार बढीले लगाएका छन् । खोप  अभियानअन्तर्गत बुधबार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको थियो । प्रदेश...

रिङ रोड र रेल्वेको का चाँडै अघि बढ्छः मन्त्री घिमिरे

विराटनगर, १५ मंसिर–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको ‘रिङ रोड’ र रेल्वेको कामले गति लिने बताएका छन् । अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने उनले बताए । मोरङको कटहरी...

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, प्रधानमन्त्री ओलीद्वारा बधाई

काठमाडौं, १७ साउन-नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्