कान्तिपुर कलेजमा विद्यार्थीको आकर्षण, ८५० कोटामा १३ सय ३७ विद्यार्थीले दिए इन्ट्रान्स

 न्यूज विराट
कान्तिपुर कलेजमा विद्यार्थीको आकर्षण, ८५० कोटामा १३ सय ३७ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी पढाउन धेरै अभिभावकको रोजाइमा कान्तिपुर परेको छ । त्यसको आज विहान कलेजले लिएको प्रवेश परीक्षाले पनि पुष्टि गरिदिएको छ । कक्षा ११ मा ८ सय ५० जनाको कोटाको लागि लिएको प्रवेश परीक्षामा १ हजार ३३७ जनाले परीक्षा दिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

कक्षा ११ को विज्ञान संकायमा कान्तिपुरमा ३५० जनाको कोटामा ६०३ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्यसैगरी ३५० जना व्यवस्थापन संकायको लागि लिएको परीक्षामा ४९७ जना र होटल व्यवस्थापनको १५० जनाको कोटाको लागि लिएको परीक्षामा २३७ जना विद्यार्थीले परीक्षा दिएको प्रिन्सिपल नेपालले बताए । प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कलेजले भर्ना लिनेछ । प्रवेश परीक्षाको नतिजा पनि बुधबार साझमै प्रकाशित हुनेछ । ‘छिटो र क्षरितो तरिकाले हामीले लोकसेवाको लिने जसरी कम्प्यूटरको माध्यमबाट प्रवेश परीक्षा लिएका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘आज छुटेका विद्यार्थीको लागि पनि हामीले अर्को दिनमा प्रवेश परीक्षा लिने तयारी गरिएको छ ।’

गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ कान्तिपुर कलेज पर्ने गरेको छ । यस कलेज पढने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङको क्षेत्रमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल हुँदै आएका छन् । त्यसै कारणले पनि विद्यार्थीको रोजाइमा कान्तिपुर पर्ने गरेको हो ।

विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल छ ।
यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ । कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको छ ।
‘भर्ना हुने जति पनि विद्यार्थीहरूलाई हामीले दक्ष प्राध्यापक र शिक्षकहरूले पठन–पाठनको व्यवस्था गरेका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘मेडिकल, इन्जिनियरिङ, सिम्याट, क्षेत्रमा नाम निकाल्न सहज होस भनेर हामीले तयारी कक्षाहरु संचालनमा ल्याएका छौं । त्यसको लागि अनुभवी प्राध्यापकहरू रहेका छन् ।’
विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले अगाडी बढेको छ ।

कलेजले विद्यार्थीलाई नियमित मूल्याङ्कन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तीको पनि व्यवस्था छ । पूर्व मेचीदेखि जनकपुर, सिराहा, सप्तरीलगायत कोशी प्रदेशका पहाडी जिल्लाका विद्यार्थीहरूको पहिलो रोजाईमा कान्तिपुर परेकोे उनले बताए । विद्यार्थीको सहजको लागि कलेजले यातायातको व्यवस्था गर्नुको साथै इ–लाइब्रेरी र छुटा छुट्टै छात्र–छात्राको लागि होस्टलको व्यवस्था पनि रहेको छ ।

सम्बन्धित समाचार

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात, दैनिकी कष्टकर

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि...

मारवाडी प्रिमियर लिग आठौँ संस्करणको उपाधी महेश्वरी युवा मञ्चले जित्यो

विरानटनगर, १५ फागुन । विराटनगरमा आयोजित मारवाडी प्रिमियर लिगको ८ औं संस्करण महेश्वरी युवा मञ्चले जितेको छ । विराटनगर तीनपैनीस्थित खेलमैदानमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा ओसवाल युवा क्लबलाई ११ रनले पराजित गर्दै महेश्वरी युव...

आरम्भले फेरी वितरण गर्यो विपन्नलाई राहत

इटहरा, जेठ २२–मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का अति विपन्न २४ घरपरिवारई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेको छ । आरम्भले घरघरमा पुगेर वास्तविक विपन्नहरुको तथ्याङ्क संकलन गरी राहत वितरण गरेको...

मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती तथा उँभौली पर्वको शुभकामना

विराटनगर, २५ -वैशाख-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको उँभौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुख,...

कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं, मंसिर २५ । सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा आज मनोयन दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण...

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

काठमाडौं, ७ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि...

२४ घण्टामा २१११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ कात्तिक-नेपालमा शुक्रबार थप २ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्