९ हजारले लगाए कोरोनाविरुद्धको खोप - News Birat

९ हजारले लगाए कोरोनाविरुद्धको खोप

न्यूज विराट

कोरोना भाइरसविरुद्धको खोप ९ हजार बढीले लगाएका छन् । खोप  अभियानअन्तर्गत बुधबार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको थियो । प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदुरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएका छन् । पहिलो दिन स्वास्थ्यकर्मीलाई खोप लगाइएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles