४२.७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

 न्यूज विराट
४२.७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, २२ असार-नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार ८११ पुगेको बताए । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २६४ रहेको छ । २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण देखिएको छ । आजसम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या १५ हजार ९६४ जना पुगेको छ ।

त्यसैगरी ५७.१ प्रतिशत अर्थात् ९ हजार ११८ आइसोलेशनमा रहेका उनको भनाइ छ । गत २४ घण्टामा १८० जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा २३ प्रयोगशालामा ४ हजार ७२१ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या २९ हजार २१५ रहेको छ ।

मन्त्रालयको २ कल सेन्टरबाट ७४१ फोन प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या १ लाख ५६ हजार ३०० छ । जम्मा इन्ट्री गरिएको सङ्ख्या ६८ हजार २९ छ । आज मात्रै २९ जनाले इन्ट्री भएका छन् । त्यसमध्ये रेड जोनमा पर्नेको जम्मा सङ्ख्या ५१९ छ । त्यसमध्ये आज एकजना ललितपुरका छन् ।

यसैगरी मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या उल्लेखीय छ भने भाइबर ग्रुप प्रयोगकर्ता ३ लाख ९७ हजार ६२३ रहेका छन् । देशभरमा ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा प्रदेश-२ मा महोत्तरी र रौतहट, प्रदेश-५ मा पाल्पा रहेको छ । त्यस्तै, सुदूरपश्चिमको अछाम, कैलाली र बाजुरामा पनि सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

तालिबानका शीर्ष कमाण्डर सिराजुद्दिन हक्कानी कोरोना संक्रमित

एजेन्सी, जेठ १०-तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना...

मोरङको मधुमल्ला र तारिगामामा थपियो सशस्त्रको बिओपी

विराटनगर । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप दुई वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । जहदा गाउँपालिका ७ मा रहेको तारिगामा र मधुमल्लामा बिहीबार बिओपी स्थापना गरिएको हो । स्थापना...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ-नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दोलखा ७६ वर्षीय पुरुषको महाराजगञ्जस्थित...

श्रोत नखुलेको ७ लाख ९ हजारसहित एक जना पक्राउ, हुण्डीको आशंका

विराटनगर । स्रोत नखुलेको ७ लाखभन्दा ९ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले स्रोत नखुलेको रकमसहित विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साहलाई पक्राउ गरेको हो...

गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकताः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ जेठ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भएर जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । गणतन्त्र दिवस-२०७७ का अवसरमा...

बिहीबार सबै अदालत बन्द

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधबार दिउँसो बसेको सर्वोच्च अदालतको...

प्रदेश २ का आन्तरिक मामिलामन्त्री यादवलाई कोरोना संक्रमण

जनकपुरधाम, २२ साउन-प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइस (कोभिड-१९) पोजिटिभ देखिएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको हो ।   उनलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा...

भव्य भयो समाजसेवी दीनबन्धु गोयलको नागरिक अभिनन्दन

विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रवार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो । गोयललाई पूर्व राष्ट्रपति डा।रामवरण यादवले कदर पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्