कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

 न्यूज विराट
कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ-नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दोलखा ७६ वर्षीय पुरुषको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जेठको १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएपछि टिचिङमा सारिएको र आज उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।

‘आज उहाँको मृत्यु भएको छ । उहाँलाई हेमोडाजिक स्टोक भएको थियो । अप्रेसशन भएको थियो । १५ गते स्वाबको परीक्षणपछि पोजेटिभ आएपछि टिचिङ अस्पतालमा सिफ्ट गरिएको थियो । उहाँको आज निधन भएको छ । यसरी कोभिड-१९ पोजिटिभबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।’

सम्बन्धित समाचार

सुरु भयो बुन्डेस लिगा, डर्टमुन्डको प्रभावशाली जीत

एजेन्सी, जेठ ४-कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण दुई महिनाभन्दा लामो समय रोकिएको जर्मन बुन्डेस लिगा पुनः सुरु भएको छ । कोरोना भाइरसका कारण करिब १० साता रोकिएका खेल शनिबाररातिबाट सुरु भएका हुन् । कोरोना...

विराटनगरको जनरल हस्पिटलमा आँखाको उपचार सुरू

विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको...

आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागु हुँदै

काठमाडौं, चैत २५। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन...

न्युजल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले जित्यो टि–२० क्रिकेट विश्वकप

विराटनगर, २८ कात्तिक । टि–२० क्रिकेट विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको छ । आइतबार राति भएको फाइलमा न्युजल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले टि–२० क्रिकेट विश्वकपको उपाधी जितेको हो । लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिम...

राईलाई संसदीय दलको नेताबाट हटाइयो, आचार्य नयाँ नेता चयन

काठमाडौं, १६ पुस-नेकपा प्रचण्ड–माधव पक्षले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।  मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाउँदै अचार्यलाई चयन गरिएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–माधव...

नेकपाका गाउँपालिका अध्यक्षको अपहरण

डडेल्धुरा, माघ १७–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । उनलाई अज्ञात समूहले आज अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका –३ को...

गुराँस लाइफको बीमा शुल्क अब ईसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं, १३ वैशाख-गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क अबदेखि ईसेवामार्फत पनि भुक्तानी गर्न सकिने भएको छ । योसँगै गुराँस लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितले आफ्नो नियमित बीमा शुल्क ईसेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी...

ब्राउनसुगरसहित मोरङको रंगेलीबाट दुई जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका – ७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्