सहुलियतका लागि संघ र प्रदेशलाई उद्योगी-व्यवसायीको ध्यानाकर्षण

 न्यूज विराट
सहुलियतका लागि संघ र प्रदेशलाई उद्योगी-व्यवसायीको ध्यानाकर्षण

विराटनगर, २२ असार-प्रदेश–१ का उद्योगी व्यवसायीले लकडाउनका कारण सिर्जित आफ्ना समस्या तथा पाउनुपर्ने सहुलियतको बिषयमा संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । विभिन्न ४३ वटा व्यापारिक संघसंस्थामा आबद्ध भएका उनीहरूले सामूहिकरूपमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लकडाउनका कारण प्रदेशका उद्योगी व्यवसायीले झेल्नुपरेको समस्याका विषयमा संघ तथा प्रदेश सरकारको ध्यानाकार्षण गराइएको छ । संघ र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनुका साथै सम्बन्धित मन्त्रालयहरू तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल राष्ट्र बैंकलाई समेत व्यवसायीहरूले ध्यानाकर्षणपत्र पठाएका हुन् ।

लामो समयको लकडाउनका कारण उद्योग व्यवसाय धराशायी भएको अवस्थामा समेत राज्यबाट पाउनुपर्ने सहुलियत नपाएको भन्दै व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका हुन् । व्यवसायीहरूले आफ्ना मागलाई बुँदागतरुपमा लिपीबद्ध गरी संघ तथा प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत संघीय सरकार तथा प्रदेश १ मुख्यमन्त्री शेरधन राईलाई आफ्ना समस्या र मागहरू राखी ध्यानाकर्षण गराएका छन् ।

निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्न सरकारले कपितय निर्णयहरू गरे पनि व्यवहारमा त्यो कार्यान्वयन नभएपछि उद्योगीहरू थप मारमा परेको उद्योगी व्यवसायीहरूले बताएका छन् । लकडाउन अवधिको बीमा शुल्कमा मिनाहा, विद्युत् महसुल तथा कर र राजस्वलगायतका विषयहरू समेटेर संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।

लामो समयको लकडाउनका कारण उद्योगी व्यवसायी किस्ता र ब्याज बुझाउन नसक्ने अवस्थामा पुगेको मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले बताए । उनले उद्योग व्यवसाय ठप्प रहेको अवस्थामा समेत उद्योगीहरुले अत्यावश्यक सबै प्रकारको खर्च बेहोर्नुपरेको बताउँदै कर तथा राजस्व बुझाउने समयसीमा सरकारले थप्नुपर्ने माग गरे ।

ज्ञापन बुझाउन उद्योग संगठन मोरङका साथै मोरङ व्यापार संघ, सुनसरी उद्योग वाणिज्य संघ, खोटाङ उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य संघका साथै प्रदेशभरिका जिल्लाहरुमा रहेका सम्बद्ध संघ संस्थाहरूका पदाधिकारीहरू सहभागि भएका थिए । ध्यानाकार्षणपत्र सँगै बुझाइएका निजी क्षेत्रका बुँदागत समस्याहरू संघ तथा प्रदेश सरकारले समाधान नगरे आगामी दिनमा थप दबाबमूलक कार्यक्रमहरू ल्याइने सम्बन्धित व्यवसायी नेतृत्वले जनाएका छन् ।

सम्बन्धित समाचार

भोलि संविधान संशोधन विधेयक संसदमा दर्ता हुने

काठमाडौं, १७ जेठ-भोलि संविधान संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता हुने भएको छ । संसद सचिवालय सम्भावित कार्यसूचीको पहिलो नम्बरमा संविधान संशोधन विधेयकलाई राखेको छ । यसअघि भने सम्भावित कार्यसूचीमा राखेर अन्तिम समयमा हटाइएको थियो । प्रमुख...

कटहरीमा कोभिड–१९ सम्बन्धी अभिमुखिकरण

विराटनगर, असार २३–मोरङको कटहरीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तर्गत विराटनगर न्युज मिडिया गु्रप...

लकडाउनका प्रभावितको विवरण संकलनका क्रममा झडप, १९ जना घाइते

पर्सामा लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरूलाई राहत बाड्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका-१९ बरेवा गाउँमा लकडाउनले राहत बाँड्ने विषयमा दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते...

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै...

आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर...

प्रदेश १ मा २३ संक्रमित थपिए

विराटनगर, १२ साउन–प्रदेश १ मा आज २३ जना कोरोना संक्रमितथपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष,...

विनियोजन विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं, ४ असार-प्रतिनिधिसभाबाट सन्देशसहित विनियोजन विधेयक बहुमतले पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए...

मौद्रिक नीतिको लागि वाणिज्य महासंघ कोशी प्रदेशको १५ बुद्धे सुझाब

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिकाका १५ बुद्धे राय सुझावहरु दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बुधबार १५ बुद्धे सुझाब दिएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्