विश्वभर ५८ लाख संक्रमितले जिते कोरोना, अमेरिकामा मात्रै ११ लाखभन्दा बढी निको भए

 न्यूज विराट
विश्वभर ५८ लाख संक्रमितले जिते कोरोना, अमेरिकामा मात्रै ११ लाखभन्दा बढी निको भए

काठमाडाैं, १७ असार-संसारभर झण्डै ५८ लाख जनाले कोरोना भाइरस (कोभिड(१९)लाई जितेका छन् । १ करोड ५८ लाखभन्दा बढी संक्रमितमध्ये ५७ लाख ९५ हजार जना निको भएका हुन् ।

संक्रमितमध्ये ५ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरस जित्नेको संख्या सबैभन्दा धेरै अमेरिकामा छ, जहाँ ११ लाख ४३ हजार ३ सय ३४ जना निको भएका छन् । अमेरिकामा कुल संक्रमित संख्या २७ लाख २७ हजार ८ सय ५३ छ, यीमध्ये १ लाख ३० हजार १ सय २२ जनाको मृत्यु भएको छ ।

जोन्स् हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्याङ्कअनुसार अमेरिकापछि ७ लाख ९० हजार ४० ब्राजिलियनले कोरोनालाई जितेका छन् । यी २ मुलुक कोरोनाबाट सबैभन्दा बढी मानवीय क्षति बेहोरिरहेका छन् । संक्रमित संख्या १४ लाख ८ हजारभन्दा बढी रहेको ब्राजिलमा ५९ हजारभन्दा बढी मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

यद्यपि, अमेरिका र ब्राजिलमा मृतकभन्दा निको हुनेको संख्या बढ्दो छ ।  विश्वका कुल संक्रमितमध्ये आधा अमेरिका र युरोपमा छन् ।ब्राजिलपछि सबैभन्दा धेरै रुस, भारत, चिली, पेरुमा निको भएका छन् ।

कुल ६ लाख ४७ हजार संक्रमित रहेको रुसमा अहिलेसम्म ४ लाख १२ हजार जना निको भएर घर फर्किएका छन् । यस्तै, संक्रमितको संख्या ५ लाख ८५ हजार रहेको भारतमा ३ लाख ४७ हजार जनाले कोरोना जितेका छन् । भारतमा कोरोना संक्रमितमध्ये १७ हजार ४ सय र रुसमा ९ हजार ३ सय जनाको मृत्यु भएको छ ।

२ लाख ७९ हजार संक्रमित संख्या रहेकाे चिलीमा ५ हजार ६ सय जनाको मृत्यु हुँदा २ लाख ४१ हजार जनाले कोरोना जितेका छन् । यसैगरी, २ लाख ८५ हजार २ सय १३ जना संक्रमित रहेको पेरुमा ९ हजार ६ सय जनाको मृत्यु हुँदा १ लाख ७४ हजार जना निको भएका छन् ।

कोरोना भाइरसले दक्षिण एसिया र अफ्रिकालाई पनि प्रभावित तुल्याइरहेको छ ।  नेपालमा पनि निको भएर घर फर्किनेहरूको संख्या दैनिक बढिरहेको छ । कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ जनामध्ये ३ हजार १ सय ९४ जना निको भएर घर फर्किइसकेका छन् । संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

चिनियाँ राजदूत हाउ याङ्छी प्रचण्ड निवासमा

काठमाडौं, ८ मंसिर-चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई लिएर सोमबार चिनियाँ राजदूत हाउ याङ्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छन् । अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको प्रचण्डको स्वकीय सचिवालयले जनाएको...

मोरङ ४ मा पर्ने ११ वटा वडाको गणना सकियो, अमनलाल मोदी ७ हजार ८६५ मतले अगाडी

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा निरन्तर अग्रता बनाउन सफल भएका छन् । निर्वाचन क्षेत्र अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र ४(१) तर्फ बुधबार विहानसम्म ११ वटा...

विराटनगर विमानस्थल भित्रको होटलमा मनलाग्दी खाद्यबस्तु बिक्री, कारवाही गर्ने मन्त्रीको चेतवनी

विराटनगर । विराटनगर विमानस्थल भित्रको होटलमा मनलाग्दी रूपमा खाद्यबस्तु विक्री वितरण गर्ने गरेको पाइएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले विराटनगर विमानस्थलमा बुधबार अनुगमनको क्रममा विमानस्थलभित्र होटलमा मनलाग्दी रुपमा खाद्यबस्तु विक्री वितरण...

अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक प्रकाश थापा सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकारीको रुपमा कहलिएका प्रहरी निरीक्षक प्रकाश थापालाई सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक थापालाई २०८१ साल...

विराटनगरमा ४ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण दिएको छ ।कलेजले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे । काठमाण्डौ विश्व...

भारतको उत्तर प्रदेशमा न्यायाधीशकै अगाडि अभियुक्तको हत्या

एजेन्सी, पुस १–भारत उत्तर प्रदेशको बिजनोर जिल्लास्थित सीजेएम कोर्टमा न्यायाधीशकै अगाडि एक अभियुक्त मारिएका छन् । पेशीमा आएका हत्याका दुई अभियुक्तलाई केही व्यक्तिले गोली हानेका हुन् । दुईमध्ये एकको अदालतभित्रै मृत्यु भएको छ भने अर्का...

प्रचण्डको माया लाग्छ तर काँध हाल्न सकिँदैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीमा फर्किन आग्रह गरेका छन् । विराटनगरमा आयोजित आफ्नो समूहको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले गलत बाटो समाएकाले उनी मूल घरमै आउनुपर्ने ओलीको भनाइ राखेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्