काठमाडौं, १६ असार-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य २ रुपैयाँ बढाएको हो ।
योसँगै पेट्रोलको मूल्य बुधबारबाट काठमाडौंमा १०१ रुपैयाँ प्रतिलिटर र डिजेल/मट्टीतेलको मूल्य ८७ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगंज नेपालगंजलगायतका तराईका क्षेत्रमा ९९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको मूल्य ८५ रुपैयाँ ५० पैसा कायम हुने भएको छ ।
पोखरा र दाङमा १०० रुपैयाँ ५० पैसा प्रतिलिटर पेट्रोल र ८६ रुपैयाँ ५० पैसा प्रतिलिटर डिजेल/मट्टीतेलको मूल्य कायम भएको छ । बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने जानकारी निगमले दिएको छ ।
पछिल्लो पटक इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।