नवराजलाई मरणोपरान्त १ लाख राशिको सरकारी पुरस्कार

 न्यूज विराट
नवराजलाई मरणोपरान्त १ लाख राशिको सरकारी पुरस्कार

काठमाडौं, १५ असार-सरकारले नवराज विकलाई मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । रूकुम-पश्चिम घटनामा मारिएका जाजरकोटका विकलाई सरकारले मरणोपरान्त भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत गर्ने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

त्यस्तै, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले पुरस्कृत भएका छन् भने सीप, कला, शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार पुरस्कृत भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरूप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।

सम्बन्धित समाचार

नेवार सामुदायमा सामूहिक बेलविवाह

विराटनगर । दुलही झैँ सिगारिएकी साना बालिकाहरूको लस्कार छ । बेलविवाहको मण्डपमा सरिक भएकी बालिकाहरूको शिरमा शिरवन्दी, गलामा तायो र पायो, हातमा मू र खुट्टामा कली छ ।विराटनगस्थित झि : पुचमा बिहीबारदेखि सुरू भएको सामूहिक...

‘बरगाछी’ पत्रिकाको १६ औं अंक विमोचन

विराटनगर, ११ माघ । गुराँस पुस्तकालय विराटनगरद्वारा प्रकाशित बरगाछी पत्रिकाको १६ औं अंकको आज विमोचन गरिएको छ । प्रजातन्त्रका कमाण्डर मुक्तिप्रसाद–यदुनाथ चापागाईं विशेषाङ्कका रुपमा प्रकाशित १६ औं अंकको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र...

जाे बाइडेन र सी चीनफिङबीच वार्ता हुँदै

पछिल्ला दिनमा बिग्रिँदै गएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि आज दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच वार्ता हुन लागेको हो । चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच...

प्रेस यूनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिमाण अनुसार पौडेलले ६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी सुशिला पाठकले ६१ मत...

आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ...

‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. ’ को छाँयाकन सकियो, लक्ष्मि पुजाको दिन रिलिज

विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो । मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण...

२५ चैतसम्म सेयर बजार बन्द रहने

मंगलबारबाट खुलाउने भनिएको सेयर बजार कारोबार २५ चैतसम्म बन्द हुने भएको छ । सेयर लगानी कर्ता तथा ब्रोकरहरुले समेत लकडाउनको अवधि र कोरोनाको त्रास नहटेसम्मको लागि बन्द गर्न आह्वान गरेको समयमा नेपाल स्टक एक्सचेन्जले यस्तो...

मेरिल्याण्ड कलेजलाई अर्को सफलता, निशा र स्नेहा भइन् प्रथम र द्वितीय 

विराटनगर ।  व्यवस्थापन शिक्षामा अब्बल नतिजा निकाल्न सफल भई राष्ट्रिय पहिचान बनाएको विराटनगरस्थित मेरिल्याण्ड कलेजले अर्को सफलता हात पारेको छ ।  त्रि.बि. अन्तरगत महेन्द्र मोरङ क्याम्पस द्वारा बिबिएका लागि लिइएको प्रवेश परीक्षामा मेरिल्याण्डकी छात्रा द्वय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्