
विराटनगर अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार
विराटनगर, २४ कात्तिक । विराटनगर हरिहर चोकमा बुधबार विहान एक जनामाथि खुकुरी प्रहार भएको छ । विराटनगर–८ अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार भएको हो । आज विहान साढे ८ बजेतिर काममा जाँदै गर्दा ८...
स्याङ्जा, १५ असार-भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् ।
गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो १ सय रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।
अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए । उनले भने, ‘सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।’
साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए । यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिए ।
सलह किरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए । किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताए । खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन् ।
लमजुङ : सलह किरा लमजुङमा पनि प्रवेश गरेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ फेदिकुनामा आइतबार सलह किरा देखिएको हो । स्थानीयले सलह किरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ मदन रेग्मीलगायतका टोली अनुसन्धानका लागि पुगेको छ ।
कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख घिमिरेले भने, ‘सलह किराजस्तै देखिएको छ तर ठूलो समूहमा यो किरा आएको छैन, सलह किराको एउटा प्रजाति भएको देखिन्छ यहाँ जम्मा १०/१२ वटा मात्र फेला परेको छ ।’ उनका अनुसार सलह किरा भएको आशङ्का भए पनि पुष्टि भइसकेको छैन ।
कैलाली : कृषि विज्ञले पश्चिम नेपालमा सलह किराको यात्रा हुनसक्ने पूर्वअनुमान गरेपछि धनगढी उपमहानगरपालिकाले आइतबार यहाँ १९ वटै वडाका वडाध्यक्ष र कृषि शाखाका कर्मचारीसँग छलफल गरेको छ । सलह किराको व्यवस्थापनको पूर्वतयारीका लागि स्थानीयस्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरिएको बताइएको छ ।
सलह किराको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए । ‘जोखिम घटाउनका लागि स्थानीयस्तरमा सबै उपाय अपनाउन वडाध्यक्ष र कृषि प्राविधिकलाई निर्देशन दिएको छु,’ नगरप्रमुख वडले भने, ‘क्षति घटाउनका लागि थाल ठटाउने, ड्रम बजाउने, स्पीकर बजाउने, धुँवा लगाउने, आगो बाल्नेलगायत सबै प्राकृतिक विधि अपनाउन किसानलाई आग्रह गरेका छौँ ।’ रासस
विराटनगर, २४ कात्तिक । विराटनगर हरिहर चोकमा बुधबार विहान एक जनामाथि खुकुरी प्रहार भएको छ । विराटनगर–८ अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार भएको हो । आज विहान साढे ८ बजेतिर काममा जाँदै गर्दा ८...
जनकपुर, माघ २१–पत्रकार कुटपिट प्रकरणमा आफूनिकटका व्यक्ति पक्राउ परेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आन्दोलनमा उत्रिएका छन् । साहनिकट मानिने धर्मेन्द्र साहलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । नगर प्रमुख साह धर्मेन्द्रलाई छुटाउन आफंै...
काठमाडौं, असार २६ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलमा रहेका आफ्ना पाँच नेतालाई निवासमा बोलाउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले निवासमै आएर अध्यष केपी ओलीसँग नमिल्न भन्दै धम्की दिएपछि नेता...
काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...
विराटनगर, चैत २८-नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य बस्तुको आपूर्तीको ढुवानीमा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । लकडाउनमा औषधी तथा औषधीजन्य बस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा...
विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा...
बाजुरा, २४ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना सुरु भएको छ ।बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत...
विराटनगर, १६ असोज । लामो समयदेखि पोलभाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विराटनगरमा पनि केवल तथा इन्टरनेटको तार काट्न थालेको छ । यससँगै विराटनगरका विभिन्न स्थानमा इन्टरनेट र केवल सेवा अवरुद्ध भएको छ । २०७३...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.