प्रदेश १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ

 न्यूज विराट
प्रदेश १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ

विराटनगर, १५ असार-मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् ।

यस प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ धान लगाउने क्षेत्रफलमा गत वर्ष १ लाख ९३ हजार ३ सय ९८ हेक्टरमा धान लगाइएको थियो । समग्रमा गएको वर्षमा यस प्रदेशमा ५६ दशमलव ७४ प्रतिशत रोपाइँ भएको थियो ।

वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले मनसुनको सक्रियता बढ्दा किसानको अनुहार हसिलो हुने र रोपाइँ पनि समयमै गर्न सकिने भएकोले उत्पादनमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे । रासस

सम्बन्धित समाचार

धानपालथान–५ का ३०२ परिवारलाई ‘ब्ल्यांकेट’ वितरण

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ का तीय सय बढी परिवारलाई बढ्दो चिसोबाट बच्नका लागि ‘ब्ल्यांकेट’ वितरण गरिएको छ । धनपालथान गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले ३०२ जना अपाङता भएका व्यक्ती, सुत्केरी, ज्येष्ठ नागरीक एवम् अतिविपन्न...

कोरोना संक्रमणका कारण विराटनगरमा ७७ वर्षिय पुरुषको मृत्यु

विराटनगर, साउन १९-विराटनगर स्थित कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । विराटनगर–५ आदर्श टोलका ७७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. चुमनलाल दाशले जानकारी दिए...

सरकारी निवासमा पार्टीको बैठक गर्नु खुलेआम भ्रष्टाचार : कमल थापा

काठमाडौं, १२ असार-राप्रपाका अध्यक्ष कमल थापाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्नु खुल्लेआम भ्रष्टाचार हुने बताएका छन् । सामाजिक संजाल ट्विटमार्फत् उनले प्रधानमन्त्रीको सरकारी निवासमा सरकारी साधन स्रोतको दुरुपयोग गरी पार्टीको बैठक राख्नु अख्तियारको दुरुपयोग...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन : शशांक कोइराला

काठमाडौं, ३१ जेठ-नेपाली कांग्रेसका महामन्त्री तथा सांसद शशांक कोइरालाले राष्ट्रियताका सवालमा नेपाल सधैँ एक हुने बताएका छन् । उनले नेपालको संविधानको दोस्रो संशोधनमा दफावार छलफलको क्रममा यस्तो बताउँदै संशोधनको पक्षमा कांग्रेस उभिने बताएका हुन् ।...

प्रतिनिधिसभाको बैठक सकियो, अर्को बैठक शुक्रबार बस्ने

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध पुर्‍याएका थिए । एमालेको अवरोधका बीच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट...

सुन र चाँदी बरामद प्रकरण : दुगड ग्रुपका लेखापाललाई ८० लाख ४० हजार धरौटि, बैंक ग्यारेन्टि राखेर मुरारका रिहा

विराटनगर । ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोद कुमार मुरारकासहित तीन जना धरौटि रकम बुझाएर रिहा भएका छन् । रजास्व अनुस्न्धान कार्यालय इटहरी सुनसरीले मंगलबार तोकेको ८० लाख ४०...

पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त

आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्