मदन जयन्तीमा कटहरीमा नेकपाको वृक्षारोपण

 न्यूज विराट
मदन जयन्तीमा कटहरीमा नेकपाको वृक्षारोपण

विराटनगर, असार १४–मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा कटहरी–५ स्थित भौँडाहामा पनि वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कटहरी गाउँ कमिटीको आयोजनामा वडा नं. ५ भौँडाहा स्थित दलित सामुदायीक भवन परिसरमा बृक्षारोपण गरिएको हो ।

नेपाल बाँतर सरदार समाज कल्याणकारी समितिको केन्द्रीय कार्यालयसमेत रहेको सो क्षेत्रमा नेकपा कटहरीको अयोजनामा बृक्षारोपण अभियानको सुरुवात गरिएको जिल्ला कमिटी सदस्य तथा कटहरी गाउँपालिकाका सह–इन्चार्ज सुभाषकुमार सरदारले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन सो क्षेत्रका संघिय सांसद अमनलाल मोदीले गरेका थिए । सो अबसरमा सांसद मोदीले जननेता मदन भण्डारीबारे चर्चा गर्दै मदन भण्डारीको बिचारकै कारण नेपालमा कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गर्न सफल भएको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाले मदन भण्डारी कै विचारले नेपालमा कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गरेको बताए । उनले भण्डारीद्वारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ ले नै नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गरेको उल्लेख गरे । उनले भण्डारीकै बिचारको जगमा नेकपाले मुलुकमा बहुमतको सरकार सञ्चालन गरिरहेको बताए ।

बृक्षारोपण कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य बाबुराम कार्की र जिल्ला कमिटी सचिवालय सदस्य महेश भट्टराइले विषेश गरेर खाली जमिनमा बृक्षारोपण गरि फलफुल, जडिबुटी, घाँस÷पात, काठ÷दाउरामा जनतालाई आत्मनिर्भर बनाउन, बाढी पहिरोको जोखिम नियन्त्रण एवम् वातारण सुधारका लागि अभियानका रुपमा आइतबारबाट जिल्ला व्यापी बृहतरुपमा बृक्षारोपण अभियानको सुरुवात गरेको बताए ।

हरियाली र वातावरण सुधारका निम्ती आइतबारबाट कटहरीमा अभियानका रुपमा बृक्षारोपण सुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नेकपा जिलला कमिटी सदस्य तथ कटहरी गाउँ कमिटीका अध्यक्ष जितनारायण सरदारले जानकारी दिए । उनले बृक्षारोपणमा नेकपाका नेता, कायकर्ता, र सवै पार्टी सदस्यहरुको सहभागिता रहेको बताए ।

सम्बन्धित समाचार

मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् । कटहरी गाउँपालिका – ६ लोहन्द्रा...

बृहत् नागरिक आन्दोलनले संविधान संशोधन मार्च गर्ने, संविधान अधुरो र अपुरो रहेको भनाइ

बृहत् नागरिक आन्दोलनले 'संविधान संशोधन मार्च' गर्ने भएको छ । नेपालको संविधान जारी भएको दिन (असोज ३) को अवसरमा उक्त मार्च गर्न लागिएको बताइएको छ । बृहत् नागरिक आन्दोलनले उक्त मार्चमा सहभागी हुन सबैपक्षलाई आह्वान गरेको...

हिसान स्पोर्ट्स मिट : दौडमा अर्किड र मेरिल्याण्डलाई सफलता

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत भएको दौड प्रतियोगितामा अर्किड कलेज र मेरिल्याण्ड कलेजले जितेको छ ।मंगलबार भएको दौडमा अर्किड कलेजले १ सय मिटर छात्र, १ मिटर छात्रा र २ सय मिटर...

पानी खाने बहना बनाएर ६४ वर्षीय महिलाको हत्या, सुन लुटेपछि साइकल पनि चोरेर अभियुक्त भारत तिर फरार 

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीले वृद्धा महिलाको हत्या आरोपमा धनकुटा सागुरीगडी गाउँपालिका ८ घर भई...

एनसिडिएको तीन जिल्ला भेला सकियो, स्वच्छ र मर्यादित व्यवसाय संचालन गर्न जोड

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले आयोजना गरेको तीन जिल्लाको भेला सकिएको छ ।विराटनगरमा झापा, मोरङ र सुनसरी गरी तीन जिल्लाको मंगलबार भेला आयोजना गरेको हो । उक्त भेलाले औषधी व्यवसायीहरुको हक...

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना सङ्क्रमित, ६ जनाको मृत्यु

काठमाडौं,  ३० कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ७६ जनाको...

प्रहरी निरीक्षक ऋषि राज ढकाल उत्कृष्ट प्रहरी घोषित

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कायरत प्रहरी निरीक्षक ऋषिराज ढकालल उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ढकाललाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको...

प्रदेश २ मा पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण

वीरगञ्ज, ३२ साउन-प्रदेश-२ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा पत्रकारसहित ४७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ३७ पुरुष र १० जना महिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्