‘नटवरलाल उमेश विश्वकर्मा’: नक्कली र फर्जि बिल भरपाई पेश, कार्यक्रम नगरि बजेट झ्वाम

 न्यूज विराट
‘नटवरलाल उमेश विश्वकर्मा’: नक्कली र फर्जि बिल भरपाई पेश, कार्यक्रम नगरि बजेट झ्वाम

विराटनगर, असार १३। किर्ते, आर्थिक अनियमितता, राजश्व छली, फर्जि साधारणसभा लगायतको आरोप लागेका उमेश विश्वकर्माका विषयमा अर्को सनसनीपूर्ण खुलासा भएको छ ।

बैधानिक रुपमा साधारणसभा नगरि फर्जि साधारणसभाबाट मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालको स्थापनादेखीनै अध्यक्षमा टिकिरहेका विश्वकर्माले नक्कली र फर्जि विल भरपाई पेश गरेर राजश्वनै छलि गर्ने गरेको तथ्य न्युज विराटलाई फेला परेको छ ।

आधारभूत तहका दलित समुदाय लक्षित र लाभान्वित हुने खालका कार्यक्रम संस्था मार्फत हालसम्म नगरि १ नं. प्रदेशको ‘स्वघोषित’ दलित अगुवा बनेका विश्वकर्माले व्यक्तिगत लाभ लिने मात्र नभई राज्यलाई झण्डै डेढ दशकदेखि कर छलि गर्दै आएको देखिएको छ । बहुमत संस्थापक तथा साधारण सदस्यलाई समेत बाइपास गरेर मनोमानि ढंगले व्यक्तिगत लाभ लिइराख्न पल्किएका उमेश विश्वकर्माले प्रत्येक वर्ष राज्यलाई करछलि गर्दै आएको पाइएको हो ।

उनले नक्कली तथा फर्जि भ्याट बिल र भरपाई पेश गरि संस्थालाई घाटामा देखाएर आयकर छलि गर्ने गरेका छन् । न्युज विराटलाई प्रााप्त तथ्य अनुसार विश्वकर्माले नक्कलि र फर्जि बिल भरपाई पेश गरि संस्थालाई घाटामा देखाएर आयकर छलि गर्ने गरेका हुन् ।

त्यति मात्र नभएर उनले राज्यलाई प्रत्येक वर्षको घरवहाल करसमेत छलि गर्ने गरेको खुलेको छ । राज्यले मुनाफारहित संघ संस्थालाई सहुलियत दिएको भएपनि विश्वकर्माले उल्टै कर छलि गरेका हुन् । उनले दाता संस्थासँग कार्यक्रमको फरफराक गर्दासमेत फर्जि र नक्कलि बिल पेश गर्ने गरेका छन् । सम्बन्धीत शिर्षकमा रकम खर्च नगरि त्यसको बिल पेश गरेर रकम जति आफैँ कुम्ल्याउने गरेको संस्थाकै सदस्यहरुको आरोप छ ।

‘स्वघोषित’ दलित अगुवा
प्रदेश राजधानी विराटनगर र सो आसपासकै पालिकाहरुका दलितसमुदाय संस्था मार्फत गरिने कार्यक्रमबारे बेखबर बनिरहँदा विश्वकर्माले आफुलाई स्वघोषित रुपमा दलित अगुवाको ‘बिल्ला’ भिराएको मोरङका दिलिप रजकले आरोप लगाए । ‘जुन मान्छेले आफन्त र चिनेजानेको केही व्यक्ति बाहेक अरुलाई संस्थाको गतिविधिमा कहिल्यै खबर गर्दैन । हाम्रो समुदायको हित भन्दा पनि नाम भजाएर खाएको छ, आफ्नो दुनो सोझ्याई राखेको छ । त्यस्तो व्यक्ति दलित अगुवा हुनै सक्दैन ।’ उनले भने,‘आफंैले आफैलाई घोषणा गर्दा त जे भने नि भयो ।’

त्यसो त व्यक्तिगत लाभ र भ्रष्टाचारबाट अकुत सम्पत्ति जोडेका उमेश विश्वकर्मालाई मोरङका दलित समुदायलेनै नरुचाउने गरेको पाइएको छ । श्रोतका अनुसार निजि स्वार्थ र लाभाका लागि मात्र तल्लिन रहने गरेका कारण विश्वर्मालाई सोही समुदायले. नरुचाएको हो ।

कार्यक्रम नगरि बजेट झ्वाम्
दलित समुदायको सवालमा काम गर्ने भनेर झण्डै डेढ दशकयता एक्सन एड, समता फाउण्डेसन, ओपन सोसाइटी फाउण्डेसन, एसियन ह्युमेन राईटस् कमिसन, प्लान इन्टरनेशनल, युएनडिपि, व्लर्डभिजनलगायत, तत्कालिन विराटनगर उपमहानगरपालिका, जिल्ला विकास समिति, विभिन्न सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुबाट बजेट ल्याएर उनै विश्वकर्माले देखावटी रुपमा केही कार्यक्रम गरि बाँकी सवै आफै मात्र लाभ लिने गरेको संस्थाकै एक सदस्यले नाम नबताउने शर्तमा बताए ।

उनका अनुसार अध्यक्ष विश्वकर्माले कतिपय कार्यक्रमनै नगरिसमेत रकम झ्वाम पार्ने गरेका छन् । दातासँग सम्झौता गरि ल्याएको सवै बजेट समुदायमै खर्च गर्नुपर्ने भएपनि त्यसो नगरि विश्वकर्माले आफै मात्र लाभ लिने गरेको श्रोतले जनाएको छ ।

एक्सन एड र समता फाउडेसनबाट ११ लाख प्राप्त
आर्थिक वर्ष २०७५/०७६ मा एक्सन एडको विराटनगर स्थित कार्यालयबाट ४ लाख र समता फाउडेसनबाट ७ लाख रुपैयाँ संस्थाले प्राप्त गरेकोमा कार्यक्रम नगरि खर्च गरेको देखिएको छ । अध्यक्ष उमेश विश्वकर्माले व्यक्तिगत लाभ लिने नियतले कार्यक्रम नगरि खर्च गरेको देखाइएको छ । लेखा परिक्षण प्रतिवेदनमा कुन कुन–कुन शिर्षकमा कति खर्च भनेर उल्लेख गर्नुपर्ने भएनि सोझै कार्यक्रम खर्च भनेर उल्लेख गरिएको छ ।

समता फाउडेसन र एक्सनएडबाट प्राप्त ११ लाख रुपैयाँ बजेटका बारेमा संस्थाका अन्य पदाधिकारी र सदस्यहरुनै अनभिज्ञ रहेको पाइएको छ । ‘गत वर्ष संस्थामा बजेट छैन भनेर दुईतीनवटा सामान्य कार्यक्रम गरिएको थाहा छ । यति ठुलो बजेट थियो भन्ने हामीले सुईँको समेत पाएका थिएनौँ ।’ एक सदस्यले भने,‘यति ठुलो रकम खर्च गरेको लेखा परिक्षण प्रतिवेदनमा देख्दा त तिन छक्क परियो । हामीले थाहा पाए अनुसार केही कार्यक्रम भए, जसमा यतिधेरै रकम खर्च भएको भन्नु पत्याउनै नसक्ने विषय हो ।’

श्रोतका अनुसार उमेश विश्वकर्माले केही कार्यक्रम गरि तस्वीरहरु खिचेर सवै कार्यक्रम गरेको देखाउन झुटो प्रचारबाजी मात्र गर्ने गरेका छन् । उनले कार्यक्रमनै नगरि एउटै ब्यानरमा मिति र कार्यक्रमको शिर्षक छोपेर फरक फरक प्रतिवेदन समेत बनाउने गरेका छन् ।

उमेश विश्वकर्माले गत वर्ष एक्सन एडबाट प्राप्त ४ लाखको कार्यक्रमको खर्चमा फर्जि बिल भरपाई पेश गरेका छन् । त्यसैगरी समता फाउडेसनबाट प्राप्त ७ लाख रुपैयाँको परियोजनामा केही सामान्य कार्यक्रम गरि रकमजती सवै ‘झ्वाम’ पारेका छन् ।

संस्थाका सदस्यहरुलाईनै संस्थाको आय व्ययको जानकारी नहुनु शंकास्पद भएको दलित युवा पशुपति पासवान बताउँछन् । ‘संस्थाकै सदस्यलाई संस्थामा कति पैसा आयो कति खर्च भयो भन्ने जानकरीनै नहुने भएपछि त्यो संस्थाले दलितको हितमा कति काम गर्यो होला ? सजिलै अनुमान लगाउन सकिन्छ ।’ उनले भने,‘त्यसबाट गरिब दलित लाभान्वित हुनेकुरा कल्पना गर्न सकिएला र ? यो सवै केही व्यक्तिले गरिव दलितको नाम भजाएर लुट मच्चाइ रहेका छन् । सरकारले यस्ताकुरा तत्काल नियन्त्रण गर्नुपर्छ । भ्रष्टचारीहरुलाई छानविन गरि कडा भन्दा कडा कारबाही गर्नुपर्छ ताकि अरु कसैले यस्तो हिम्मत नगरोस् ।’
यो पनि :

रिडेफ नेपालको दलित अभियान ‘देखाउने दाँत’ संस्था उमेश विश्वकर्माको ‘कमाईखाने भाँडो’

रिडेफ नेपालमा अध्यक्ष उमेश विश्कर्माको ‘मनोमानी’, साधारणसभाबिनै पद हेरफेर

‘नटवरलाल’ उमेश विश्वकर्माः विधानमा २ वर्ष बोर्डमा ३ वर्षे कार्यकाल

उमेश विश्वकर्माको ‘चर्तिकला’:फर्जि साधारणसभाबाट विधानसमेत संशोधन

सम्बन्धित समाचार

हामीले छिटै नै खोपको सुरुवात गर्ने मौका पायौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिटै नै कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भारत...

आज विराटनगरमा २४० कोरोना संक्रमित थपिए

विराटनगर, ५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको...

नेपालमा मनसुन सक्रिय, अझै १ साता वर्षा जारी रहने

काठमाडौं, ७ असार-नेपालमा मनसुन सक्रिय बन्दै अझै १ साता वर्षा हुने क्रम जारी रहने मौसमविद्ले बताएका छन् । मनसुन भित्रिएर देशभर फैलने क्रममा वर्षा सुदूरपश्चिम पुग्न थालेको छ । त्यहाँदेखि यताका क्षेत्रमा विगत १ सातादेखि...

विराटनगरमा ११ जनासहित प्रदेश १ मा आज ५६ संक्रमित थपिए, संक्रमितको संख्या ३३६७ पुग्यो

विराटनगर, १५ भदौ-प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला...

लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो । विश्‍व स्वास्थ्य...

विराटनगरका औषधी व्यवसायी रजक माथि निर्घात कुटपिट

विराटनगर । विराटनगरका एक जना औषधी व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । विराटनगर ७ हस्पिटल चोकमा रहेको रजक फर्माका संचालक २५ वर्षीय राहुल कुमार रजकमाथि बुधबार निर्घात कुटपिट भएको हो । हस्पिटल चोकमा रहेको साईनो...

अजय राज हस्पिटलमा विरामीलाई निःशुल्क एम्बुलेन्स

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेका छन् । हस्पिटलमा उपचार गर्न आउने विरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो ।...

ताप्लेजुङमा चट्याङ लागेर २३ वर्षीय युवककाे मृत्यु

चट्याङ लागेर ताप्लेजुङकाे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्