चीन र भारतको जनसंख्याभन्दा बढी खोप बनाउने तयारी

 न्यूज विराट
चीन र भारतको जनसंख्याभन्दा बढी खोप बनाउने तयारी

एजेन्सी, असार ११-कोरोना भाइरसको महामारीको उपचार र त्यससँग सम्बन्धित तयारीबारे नजिकबाट नियालिरहेको एक प्रभावशाली संगठनले कोरोना भाइरसविरुद्धको चार अर्ब खोप उत्पादनको क्षमता रहेको बताएको छ । कोरोनाविरुद्धको खोपका ९ परियोजनामा यो संगठनले काम गरिरहेको छ ।

यो समूहका एक शीर्ष म्यान्युफ्याक्चरिङ विज्ञले रोयटर्सलाई चार अर्ब खोप उत्पादन गर्न सक्ने कम्पनीको पहिचान गरेको बताएका छन् । यो विश्वकै बढी जनसंख्या भएको भारत र चीनको जनसंख्याभन्दा बढी हो ।

बायोफर्माका कार्यकारी जेम्स रोबिनसनले ‘कोएलिसन फर इपिडेमिक प्रिपेयर्डनेस इनोभेसन’ (सीईपीआई) को यो अभियानको अगुवाई गरिरहेका छन् । उनले सीईपीआईको योजना हरेक खोपका लागि दुई या तीन उत्पादन संयन्त्र सुनिश्चित गर्ने योजनामा रहेको बताएका छन् ।

उनल भने, ‘हाम्रो क्षमतामा दुई अर्ब खोप उत्पादन गर्न सकिन्छ । सन् २०२१ को अन्तिम सम्मको यो न्युनतम लक्ष हो ।’ यो समूहले खोपको वितरणका लागि ८ देखि १० वटा क्षेत्रीय केन्द्र बनाउने योजनाअनुसार काम गरिरहेको छ ।

जेम्स रोबिनसनले सबै काम एकै ठाउँबाट गर्ने कोशिस भइरहेको बताएका छन् । उनले आफूहरुको लक्ष संसारभर खोप पु¥याउनु भएको बताएका छन् ।

यद्यपि अहिलेसम्म कोरोना महामारीविरुद्ध कुनै खोप उत्पादनको अन्तिम स्वीकृति प्राप्त भएको छैन । यसका बाबजुद सीईपीआई उत्पादन र वितरणको काम चुस्त बनाउनका लागि अहिलेदेखि नै लागिरहेको छ ।

सम्बन्धित समाचार

रमपम विराट गोल्डकप : फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्दै, कसले जित्ला उपाधि ?

विराटनगर । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले...

अर्थतन्त्र सुधार्न तत्काल आर्थिक संकटकाल घोषणा गर्नुपर्छ:दुगड

काठमाडौं । नेकपा (एमाले)का उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोति दुगडले देशको अर्थव्यवस्था सुधार्न आर्थिक संकटकाल लगाउनुपर्ने बताएका छन् । आइतबार एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी छलफल कार्यक्रममा उनले देशको आर्थिक अवस्था...

प्रहरी निरिक्षक ‘नायक’ भए सर्वोउत्कृष्ट प्रहरी

विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई पौष महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको...

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

विद्युत्‌भार कटौतीको अन्त्य सरकारकै योजनामा : कुलमान घिसिङ

काठमाडौं, ११ भदौ-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युत्भार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पारेका छन् । उनले...

इक्युवालिटि कप क्रिकेटको उपाधिकालागि मोरङ र सप्तरी भिड्ने, फाइनल विहिबार हुने

विराटनगर। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ ।मोरङले सप्तरीलाई ७ विकेटले...

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

एजेन्सी, असार १७-दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले...

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

धनगढी, १९ जेठ-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् । सुदूरपश्चिम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्