रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जना जेल चलान

 न्यूज विराट
रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जना जेल चलान

रुकुमपश्चिम, १० असार-रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो ।

त्यस्तै, १ जनालाई १ लाख धरौटीमा रिहा गर्न र ३ जनालाई तारेखमा छाड्न आदेश भएको रुकुम जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

मुद्दा पुर्पक्षका लागि थुनामा जानेमा वडाध्यक्ष मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमबहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (१) र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३) छन् ।

त्यस्तै, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, बिराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भनिने सविन पुन र मोहन पुन मगरलाई पनि पुर्पक्षका लागि  थुनामा राख्न आदेश भएको स्रेष्तेदार बोहराको भनाइ छ ।

उनका अनुसार परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२) १ लाख धरौटीमा रिहा भएका छन् । तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दीपेन्द्र चन्द भने तारेखमा रिहा भएका छन् । त्यस्तै प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा फरार छन् ।

जिल्लाको चौरजहारी नगरपालिका-८ सोतीमा गत १० जेठमा भएको घटनामा जाजरकोटका ५ र रुकुम (पश्चिम) का एक जनाको ज्यान गएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यलयले ३४ जनाविरुद्ध जन्मकैददेखि आजीवन कारावाससम्मको कैद सजायको माग दावी गर्दै मुद्दा दर्ता गराएको थियो ।

उक्त मुद्दामा प्रतिवादीको बयान र थुनछेक बहस सकिएपछि आज थुनछेक आदेश जारी भएको हो । पक्राउ परेका २९ जनामध्ये २ नाबालकलाई भने बाल सुधारगृहमा पठाउन यसअघि नै अदालतले आदेश दिइसकेको थियो ।

सम्बन्धित समाचार

 २९ देशबाट संविधान दिवसको शुभकामना

काठमाडौं, ३ असोज-संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश दिएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा,...

भारतमा पहिलो पटक महिलालाई फाँसी

एजेन्सी, माघ १–पुणेंकी यरवदा जेलमा रेणुका सिंदे र सीमा गावित विगत २४ वर्षदेखि बन्दी छन् । यी दुवै महिला दिदीबहिनी हुन् । दुवै महिलामाथि ४२ बच्चाको हत्याको आरोप छ । रेकर्डअनुसार यी दुवैका साथमा आमा...

पोखरीया स्कुलमा भर्ना हुन विद्यार्थीको भिड, कक्षा ११ मा भर्ना हुन ६९७ विद्यार्थीले दिए परीक्षा

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुनको लागि प्रवेश परीक्षा लिएको छ । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा र कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नको लागि पोखरीयाले विद्याथीहरुको...

दरबन्दी थप गरिनुपर्ने लगायतका तीन बुद्धे माग राख्दै पुर्व राष्ट्रपतिलाई चिकित्सकले बुझाए ज्ञापनपत्र

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका पदाधिकारीहरुले पुर्व राष्ट्रपति विद्या देवी भण्डारीसंग भेटेर विभिन्न तीन बुद्धे माग राखेका छन् । उनीहरुले विराटनगरमा पुर्वराष्ट्रपति भण्डारीसँग भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लो समयमा रेजिडेन्ट...

काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि

काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो...

धनुषामा हावाहुरी र असिनासहित भीषण वर्षा

जनकपुर, १२ वैशाख-धनुषामा हावाहुरी र असिनासँगै भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । आधा किलोसम्मको असिनाले बालीनालीमा क्षति पुर्‍याएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा असिनाले सयौं घरको छाना प्वाल पारेको छ ।...

मोरङमा १०० सहित प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमित थपिए

विराटनगर, २३ साउन । प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास...

करसम्बन्धी सरकारको भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं, १ असार-सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्