मोदीले १ करोड बढीलाई रोजगारी दिने विशेष आयोजनाको उद्घाटन गर्ने

 न्यूज विराट
मोदीले १ करोड बढीलाई रोजगारी दिने विशेष आयोजनाको उद्घाटन गर्ने

एजेन्सी, असार १०-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले सुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्ने भएक छन् । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १ करोड २५ लाख मानिसलाई रोजगारी दिने योजनाअनुरूप सुरु गर्न लागेको हो ।

‘विशेष रोजगार आयोजना’ नाम दिइएको यस आयोजनाबाट भारतको सरकारले यहाँका महिला र पुरुषगरी १ करोड २५ लाख नागरिकलाई रोजगारी दिने बताइएको छ । यही जुन २६ मा प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाटै उद्घाटन गर्न लागेको जनाइएको छ ।

यो आयोजना भारतको उत्तर प्रदेशका विशेषगरी छ ओटा जिल्लाका लागि लक्ष्य गरिएको छ । उक्त आयोजनाको उद्घाटनपछि प्रधानमन्त्री मोदीले यस आयोजनाबाट लाभ लिन लागेका ती जिल्लाका केही स्थानीय नागरिकसँग पनि कुराकानी गर्ने पनि बताइएको छ ।

गोरखपुरलगायतका छ जिल्लाका जनताले यो आयोजनाबाट रोजगारी पाउने भएका हुन् । सो आयोजनाको उद्घाटनपछि उनले ती जिल्लाका महिला र पुरुषसँग अन्तक्र्रिया गर्ने बताइएको छ । यो आयोजनालाई भारतको सबैभन्दा ठूलो रोजगार आयोजनाका रूपमा लिइएको छ । यस आयोजनाको सञ्चालनबाट उत्तर प्रदेशमा विभिन्न सीप विकासका कार्यक्रमहरु सञ्चालन गरिने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिए ।

तर, उत्तर प्रदेशमा यति धेरै मानिसलाई रोजगारी दिने भनी भारतको सरकारले प्रचार गरेको यस कार्यक्रमप्रति भारतका विभिन्न  विपक्षी राजनीतिक दलहरूले भने विश्वास गरेका छैनन् ।

सम्बन्धित समाचार

र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...

कृषि विकास बैंक क्षेत्रीय कार्यलयद्धारा सामग्री हस्तान्तरण

विराटनगर, २४ असार । संखुवासभाको मकालु गाउँपालिका हेदाना ३ गोलेचौर स्थित हिमालय माध्यमिक विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । सो विद्यालयलाई कृषि विकास वैंक लिमिटेडले संस्थागत उत्तरदायित्व अन्तर्गत डेल कम्पनीको ल्यापटप ५ थान ,...

धनुषामा आफैँले चलाउने टिपरले किचिएको अवस्थामा चालकको शव फेला

धनुषामा टिपरले किचिएको अवस्थामा चालकको शव फेला परेको छ । आफैँले चलाउने टिपरे किचिएको अवस्थामा २९ वर्षीय टिपर चालक बुद्ध तामाङको शव फेला परेको हो । प्रहरीका अनुसार तामाङ उदयपुरको कटारी नगरपालिका- २ का स्थायी...

प्रदेश १ मा आज ६४ संक्रमित थपिए

विराटनगर, ८ भदौ–प्रदेश १ मा सोमबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ महिला र ४० पुरुषमा कोरोना पुष्टि भएको हो । मोरङका २९, सुनसरीका १९, झापाका ५, धनकुटाका २, संखुवासभाका एक र...

घिमिरे कल्याण परिषदले विराटनगरमा मंगलबार कुलपूजा गर्ने, एक हजार बढीको सहभागि हुने

विराटनगर । एकीकृत घिमिरे कल्याण परिषद केन्द्रीय कार्यालय पुष्पलाल चोक विराटनगरको परिषदले कुलपुजा देवाली गर्ने भएको छ । मंगलबारका दिन कुलपुजा देवाली विराटनगरमा हुने भएको हो । कुलपुजामा एक हजार बढी घिमिरे वन्धुहरुको उपस्थिती हुने...

सुदूरपश्‍चिम प्रदेशले ५ अर्ब बजेट बढायो

धनगढी, १ असार-सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८ हजार...

सप्तरीमा प्रहरी र स्थानीयबीच झपड, महिलाको मृत्यु

राजविराज, १ वैशाख-खडक नगरपालिकामा प्रहरी र स्थानीयबीच झपड भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा लकडाउन कार्यान्वयन गराउन इलाका कार्यालयबाट कल्याणपुर खटिएका प्रहरी र बासिन्दाबीच झडप भएको हो  । प्रहरीले बासिन्दालाई सडकमा ननिस्कन आग्रह...

सुनवर्षी–२ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

विराटनगर, १८ फागुन । मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ मा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सुनवर्षी–२ वडा कार्यालयको आयोजना तथा सञ्चारकर्मी मिडिया प्रालिको समन्वयमा तीन दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्