विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

 न्यूज विराट
विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

विराटनगर, असार १०-विराटनगर महानगरले आगामी आर्थिक वर्ष २०७७÷२०७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजारको अनुमानित आय–व्ययसहितको बजेट ल्याएको छ । महानगरेको छैंटौं नगरसभामा चालु आर्थिक वर्षको तुलनामा २२ प्रतिशत न्यून बजेट प्रस्तुत गरिएको हो । महानगर उपप्रमुख इन्दिरा कार्कीले नगरसभामा प्रस्तुत गर्नु भएको बजेटमा भौतिक पूर्वाधार लगायत पूँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ६५ हजार बजेट बिनियोजन गरिएको छ ।

महानगरको प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड, वातावरण तथा फोहोर मैला व्यवस्थापनतर्फ ११ करोड ४९ लाख ५० हजार, नगरस्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख ५ हजार, महिला बालबालिका एवं यूवा विकास तथा खेलकुदतर्फ २ करोड ९ लाख २४ हजार र अन्य कार्यक्रमतर्फ ६ करोड ५२ लाख २१ हजार खर्च हुने अनुमान गरिएको छ ।

खर्चको स्रोतका लागि महानगरले आन्तरिक आयतर्फ ८९ करोड ८२ लाख ९६ हजार ७ सय, संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडतर्फ ७६ करोड ८२ लाख ५२ हजार ९४० र वित्तिय समानिकरणतर्फ ३८ करोड ७ लाख ६८ हजार, संघीय सरकार सर्शत अनुदानतर्फ १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकार शसर्त अनुदानतर्फ प्राप्त हुने २ करोड १० लाख ९ हजार १८०, संघीय सरकार विशेष अनुदान १३ करोड, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, वैदेशिक र अन्य संघसंस्था अनुदानतर्फ ३ करोड २६ लाख १८० र जनसहभागिताबाट ९ करोढ ६२ लाख ५ हजार रुपिँयाको आम्दानीको अनुमान गरेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा एकैदिन ८४७ जनामा कोरोना संक्रमण

विराटनगर, ८ साउन । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण...

मुख्यमन्त्री राईले गरे प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाको शिलान्यास

विराटनगर, ३० मंसिर–प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको मंगलबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरे । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत...

कोभिड-१९ कोषमा पूर्वराजा शाहले जम्मा गरे २ करोड रुपैयाँ

काठमाडौं, ३० चैत-पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गराएको छ । ज्ञानेन्द्रले हिमानी कोषमार्फत कोषमा उक्त रकम जम्मा गरेका हुन् । पूर्वराजा शाहले ट्विटमार्फत् प्रधानमन्त्री कोरोना रोकथाम, राहत...

कान्तिपुर स्कुलको भव्य भयो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका...

नेकपा सचिवालय बैठक : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस...

अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द

एजन्सी, बैशाख ७संयुक्त राज्य अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडाले दुई देशबीचको सीमा अझै एक महिना बन्द रहने जानकारी दिएका हुन् । कोरोना भाइरस संक्रमण...

भारतमा कोरोनाबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

एजेन्सी, बैशाख २७-भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

भारत र अन्य देशबाट प्रत्येक दिन ६ हजारको उद्धार गर्न प्रस्ताव 

काठमाडौं, जेठ ४-सरकारले भारतसँग अन्य देशबाट कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्ने भएको छ । विदेशमा रहेका नेपाली नागरिक उद्धार गर्ने विषयमा कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा छलफल भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्