कालापानी सीमाको १ नम्बर पिलरमा पहिलो पटक सशस्त्रको गस्ती 

 न्यूज विराट
कालापानी सीमाको १ नम्बर पिलरमा पहिलो पटक सशस्त्रको गस्ती 

काठमाडौं, ७ असार-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशिय सीमा नाका १ नम्बर पिलर पुगेको छ । केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को टोली १ नम्बर पिलर पुगेको हो ।

यसअघि सशस्त्र प्रहरी बलको टोली छाङ्गुर आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो । ३ असारमा सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र नेपाली सेनाका प्रधानसेनापति पू्र्णचन्द्र थापाको छाङ्गुर भ्रमण पछि सशस्त्र प्रहरी बलको टोली कालापानीको १ नम्बर पिलर पुगेको हो ।

छाङ्गुरबाट १ नम्बर पिलर करिब ३० किलोमिटरको दूरीमा रहेको छ । सरकारले लिपुलेख लिम्पियाधुरा सहितको नक्सा आधिकारीक रुपमै नेपाल जारी गरेपछिको सुरक्षा सर्तकतालाई विशेष चासोका साथ हेरिएको छ ।

सम्बन्धित समाचार

मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगस्थित मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरु भएको छ । कलेज परिसरमा सोमबारदेखि स्पोर्ट्स मिट सुरु भएको हो । एक हप्तासम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन खेलहरु रहेको मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले...

जन्ती बोकेको भारतीय जिप रौतहटमा दुर्घटना : पाँच जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील...

ग्रिन सिटी भलुन्टियर कार्यक्रमको अभिमुखीकरण सहित सुरुवात

विराटनगर । विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युटको सह–आयोजनमा सहरलाई थप स्वच्छ र हरित बनाउन जलवायु परिवर्तन, वातावरण र दिगो विकास सम्बन्धी एक वर्षे युवा तथा बालबालिका संलग्नता कार्यक्रम ग्रिन सिटी भलुन्टियरको सुरुवात भएकोे छ...

पाँच बुद्धे मागसहित अखिल नेपाल ट्रेड युनियले बुझायो श्रम कार्यालयमा ज्ञापन पत्र

विराटनगर। अखिल नेपाल ट्रेडयुनियन महासंघ कोशी प्रदेशको अगुवाईमा श्रमकार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएको छ । ५ बुँदे माग सहित अखिल नेपाल टे«ड युनियनले आज श्रम कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा श्रमऐन २०७४ लागू गरिनुपर्ने, सामाजिक...

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, १६ कात्तिक-प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले प्रदेश...

मोरङको सुनवर्षीमा कांग्रेसको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ । हालसम्म वडा नम्बर १ को ३६८ मतगणना हुदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यज्ञबादुर कार्कीले १५६ मत प्राप्त गर्दै झिनो मतले...

बोल्न सिक्दै बालवालिका

विराटनगर । झापाको मेचीनगरपालिका धुलाबारीकी ममता ढुङनाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अष्पस्ट थियो । दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम...

दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

काठमाडौं, ३१ जेठ-दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन्  । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्