प्रदेश १ मा थप १५ जनामा कोरोना, संक्रमितको संख्या ४४८ पुग्यो 

 न्यूज विराट
प्रदेश १ मा थप १५ जनामा कोरोना, संक्रमितको संख्या ४४८ पुग्यो 

विराटनगर, ७ असार-प्रदेश १ मा आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, मोरङ, उदयपुर र झापामा ४ महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय प्रवक्ता डा.सुरेश मेहताका अनुसार कोशी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

सुनसरीमा २ जना, झापामा ६ जना, मोरङमा २ जना र उदयपुरमा ५ जनामा संक्रमण पुष्टि भएको हो । सुनसरीको बर्जु र कोशी गाउँपालिकामा १–१ जनामा, झापाको अर्जुनधारामा ३ जना, कनकाई नगरपालिकामा १ जना र मेचीनगरमा २ जनामा संक्रमण देखिएको छ ।

उता उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक महिला र एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ४८ पुगेको छ । तीमध्ये २३४ जना कोरोनालाई जितेर उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने दिन एमाले र राप्रपाका ८ जना ज्येष्ठ सांसद अनुपस्थित रहने

विराटनगर । सरकार बनाउने र ढाल्ने खेल चलिरहेको कोशी प्रदेशमा पुनः त्यस्तै खेल दोहोरिने निश्चित भएको छ। सरकार बनाउन यसअघि सत्ता गठबन्धनले खेलेको खेल आइतबारबाट मुख्य विपक्षी नेकपा एमाले र राप्रपाले दोहोर्याएका छन् । सोमबार...

कोशी अस्पतलामा क्यान्सरको उपचार सेवा विस्तार, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक आउने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कोशी अस्पतालमा क्यान्सर रोगीहरुको उपचारको लागि थप सेवा विस्तार गरिएको हो । सेवा विस्तार कार्यक्रममा दुई पक्षीय सम्झौतामा...

भारत-चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ छैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् । उनले विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको...

चौंथो मिल्स गोल्डकप : पहिलो हाफमा गोलबजार स्पोर्टिङ क्लबलको अग्रता

विराटनगर । विराटनगरमा जारी चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा आज भएको अन्तिम क्वारटफाइ खेलमा पूर्व बिजेता गोलबजार स्पोर्टिङ क्लब गोलबजारले सुरुवाती अग्रता लिएको छ ।पहिलो हाफमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई १–० गोलले...

चीनबाट उद्धार गरिएका १ सय ७५ जना कोरोनामुक्त, आजै घर पठाइने

काठमाडौं, फागुन १९–सरकारले चीनबाट उद्धार गरी ल्याएका १ सय ७५ जनामा कोरोना भाइरस नदेखिएको अधिकारीहरूले बताएका छन् । प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएपछि खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरूलाई आजै घर पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या...

एमसीसी सम्झाैता पढेको कोही भेटिनँ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) काे सम्झौता नै नपढी हल्लाको पछाडि लागेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘मान्छेहरूले पढे हुन्थ्यो नि लहैलहैमा लागेर हल्ला गर्नुभन्दा ।...

कुबेतमा रहेका नेपालीबारे प्रधानमन्त्रीको चासो, समकक्षीसँग सम्वाद

प्रधानमन्त्री केपी शर्मा ओली कुवेतमा रहेका नेपालका बारेमा चासो व्यक्त गरेका छन् । कुवेतमा रहेका नेपालीको अवस्था बुझ्न प्रधानमन्त्री ओलीले समकक्षीसँग मंगलबार दिउँसो फोन सम्वाद गरेका हुन् । कुवेतका प्रधानमन्त्री सवाह अल खालिद अल सवाहसँग...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, २१ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकमा लकडाउनबारे समीक्षा र संसद अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताइएको छ । केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका थिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्