मोरङमा शान्ति सुरक्षा स्थापनाका लागि प्रविधि र जनशक्तिको प्रयोग

 न्यूज विराट
मोरङमा शान्ति सुरक्षा स्थापनाका लागि प्रविधि र जनशक्तिको प्रयोग

विराटनगर, असार ६–मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्ति सुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको जनाइएको छ ।

सोही कार्य अन्तर्गत मोरङ प्रहरीले बन्दाबन्दी शुरु हुनु भन्दा पहिले चार महिनाको अवधिमा अदालतको फैसलाबाट फरार ४४९ जना अपराधीलाई पक्राउ गरी ४१ लाख ७८ हजार जरिवना असुल गरेको छ ।

पकाउ परेका ती अपराधीहरुबाट ११२ वर्ष २ महिना १६ दिन कैद पनि भुक्तान भएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उपरीक्षक सरुवा हुन लागेको अवरमा आफ्ना अवधिमा गरेका मूलभूत कार्यहरुका बारेमा आज पत्रकार सम्मेलन गरी आफ्नो १५ महिनाको अवधिमा २० हजार ३९५ लिटर घरेलु मदिरा र सो बनाउन प्रयोग गरिने कच्चा पदार्थ १४ हजार १५० लिटर र नक्कली रक्सी ५३० बोतल बरामद गरी चार लाख ६७ हजार जरिवना असुल गरेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए ।

अवैध हातहतियार तथा खरखजाना अटोम्याटिक पेस्तोल पाँच थान, कटुवा पेस्तोल पाँच थान, भरुवा बन्दुक आठ थान, म्यागजिन छ थान, गोली २६ राउण्ड, निकोजेल जिलेटिन ४३ थान बारुद, छर्रा, वायर, क्याप बरामद गरिएको जानकारी दिँदै उपरीक्ष अधिकारीले लागू औषध सेवन कर्ता पाँच हजार ८३१ जनालाई काउन्सेलिङ गरेको र सो अवधिमा पाँच करोड ४४ लाख २६ हजार बराबरको राजस्व र जरिवाना असुल गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उनले आफ्ना अवधिमा अवधिमा संगठित रुपमा डकैती, चोरी, सवारी दुर्घटना, ज्यान सम्बन्धी लगायत ३९ वटा घटनाको अनुसन्धानमा सिसिटिभी प्रविधिको प्रयोग गरी सफलता पाएको चर्चा गर्दै मोरङमा इलका प्रहरी कार्यालय रानी, बेलबारी, बुधनगर, इलाका प्रहरी कार्यालय उर्लाबारी, सिप्रचौ डोरिया, पहरी चौकि थलाहा, ईप्रका रंगेली, जिल्ला प्रहरी कार्यालय मोरङ गरी २९ करोड ९१ लाख ४२ हजार बराबरको भौत्तिक निर्माण कार्य शुरु गराई कतिपय सम्पन्न भएको कतिपय निर्माणाधीन अवस्थामा रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिराटनगर,प्रहरी चौकी बखरी इप्रका पथरी, प्रचौ रमाईलो, अप्रचौ कानेपोखरी, ईप्रका बुधनगर, इप्रका रंगेली, इप्रका दोहमना, सिप्रचौ पोखरिया, प्रचौ गडरिया, प्रचौ झपटतल, पचौ सिक्टी, इप्रका उर्लाबारी, प्रचौ मझारे, प्रचौ कोयलपुर, इप्रका नेमुवा, वप्रका हाटखोला गरी १८ वटा प्रहरी कार्यालयहरुमा रु.एक करोड ९५लाख बराबरको भौत्तिक निर्माणमा अन्य क्षेत्रबाट सहयोग भएकोले प्रहरीको काम र दक्षताप्रतिको आस्था र विश्वास बढेको आफूले पाएको जानकारी दिँदै उपरीक्षक अधिकारीले अपराध नियन्त्रणमा जिप्रका मोरङले गरेको पहल कदमीका कारण गत आर्थिक बर्षको तुलनामा यो बर्ष १६ दशमलव ३५प्रतिशतले कमी आएको बताए ।

गत बर्षको यो अवधिसम्म एक हजार ६९४ मुद्दा दर्ता भएकोमा यो बर्ष एक हजार ४१७ मुद्दा दर्ता भएको । गत बर्षको तुलनामा यो बर्ष अभद्र व्यवहारमा ६५५ बाट४४०मा झरेको, १०३बाट ८४मा २ जबरजस्ती करणीमा ९७बाट ७२मा जबरजस्ती करणीको उद्योगमा ५४ बाट ४४मा जुवामा १४ बाट सातमा , आत्महत्या १८९ बाट २१३मा ,लागु औषध तर्फ १६५बाट १७३ मा, कर्तव्य ज्यान १६बाट १७मा र ठगी तर्फ ११ बाट १९ बाट घटना प्रहरीमा दर्ता भएको बताइएको छ ।

हराएका १८३ मोबाईल, ७५ मोटरसाईकल र १५ साइकल फेला पारी सम्बन्धित धनीलाई बुझाईएको जानकारी दिँदै उपरीक्षक अधिकारीले नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको बन्दाबन्दीलाई प्रभावकारी कार्यान्वयन, सीमा प्रवेश नियन्त्रण, सवारी आवागमन, बजार व्यवस्थापन, १९ स्थानमा हेल्प डेस्कको स्थापना,जनचेतनामूलक कार्यक्रमहरु, जिल्लाभरीमा तयार गरिएका ७६ वटा क्वारेन्टाईन र क्वारेन्टाईनमा रहेका दुई हजार ९४७ व्यक्तिहरुको व्यवस्थापन, २२९ जना सङ्क्रमित सीमा नाकाबाट प्रवेश गर्ने र बाहिरिने व्यक्तिहरुको व्यवस्थापन गर्न सफलता मिलेको बन्दाबन्दीमा जिल्लाका १३५ वडामा एक हजार ४५१ जना ‘प्रहरी मेरो साथी’अभियान मार्फत युवा परिचालन गरेको र यसबाट प्रहरी सेवा सहयोग पुगेको विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

प्रेस यूनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिमाण अनुसार पौडेलले ६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी सुशिला पाठकले ६१ मत...

आज ८ संक्रमितको मृत्यु, २ सय ७३ जना आईसीयूमा

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ सय ६५ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज १३ हजार ८...

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री केपी ओलीले २८ मंसिर आइतबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान बैठक बस्न सदस्यहरूलाई पत्र काट्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएको बालुवाटार स्रोतले बतायो । बैठकमा अख्तियार दुरुपयोग नियन्त्रण...

महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने तालिबानको घोषणा, नयाँ नियम लागू

एजेन्सी, २८ भदौ । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ । साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ । नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले...

ईडेनवर्ग कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रम एउटै मञ्चबाट

विराटनगर । विराटनगर ९ स्थित ईडेनवर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम एकै पटक गरेको छ । कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत...

लकडाउन उल्लंघन गरेकाे आरोपमा ज्ञानेन्द्र शाही पक्राउ

आफूलाई सामाजिक अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पक्राउ परेका छन् ।लकडाउन उल्लंघन तथा अभद्र व्यवहारसम्बन्धी आरोपमा ललितपुर प्रहरीले शाहीलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेकाे हाे ।  उनीमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस...

विराटनगरमा लैंगिक समाज संवाद श्रृंखलाको सुरुवात

विराटनगर । विराटनगर – ९ स्थित बिराट क्याम्पस (सोम्स) मा महिला पुनर्स्थापना केन्द्र (ओरेक) को ३४औं स्थापना दिवसको अवसरमा लैंगिकता र समाज विषयक संवाद श्रृंखलाको सुरुवात गरिएको छ।क्याम्पस प्रमुख रोशन घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा...

विज्ञापन बोर्डको कार्यालय स्थापना

काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ । सरकारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानुन बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्