त्रिभुवन विमानस्थलमा एकै दिन १६ उडान

 न्यूज विराट
त्रिभुवन विमानस्थलमा एकै दिन १६ उडान

काठमाडौं, ६ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ ५ गरी १५ उडान भएको थियो ।

विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो । आज मात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

उनका अनुसार नेपाल एयरलाइन्सले जापानको नारिताबाट २ सय ३६ यात्रु र ३ बालबालिका काठमाडौं ल्याएको छ । यस्तै, हिमालय एयरलाइन्सले बंगलादेशको ढाकाबाट चार्टर्ड उडानमार्फत् १ सय ५५ नेपाली काठमाडौं ल्याएको छ ।

कोरियन एयरले दक्षिण कोरियाबाट २ सय २८ नेपाल काठमाडौं ल्याएको छ । सोही एयरले नेपालबाट २ सय ३३ यात्रु बोकेर दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ ।

त्यस्तै, जजिरा एयरले कुवेतबाट १ सय ५० नेपाली ल्याएको छ । एयरअरेबियाले सारजहाबाट १ सय ६८ यात्रु र बच्चा ल्याएको छ । कतार एयरवेजले दोहाबाट कार्गो ल्याएको छ ।

नेपाली यात्रु लिन आजै नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्से ढाका प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

आन्तरिकतर्फ आज श्री एयर, सीता एयर, समिट एयर, तारा एयर, मनाङ एयर र सिम्रिक एयरको हेलिकोप्टरको उडानमध्ये समिट र ताराको लुक्ला र श्रीको बाग्लुङ उडान मौसम खराबीका कारण रद्द भएको जनाइएको छ । रासस 

सम्बन्धित समाचार

ओली प्रधानमन्त्रीबाट पूर्व बन्नुमा भूराजनीतिक प्रभाव:उपेन्द्र यादव

काठमाडौं । सत्ता गठबन्धनका एक शीर्ष नेता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासा गरेका छन् । नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...

राजस्वमा काेराेनाकाे असर : झापामा अढाइ कराेडकाे गिरावट

झापा, १९ साउन-कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्तसम्ममा विभिन्न शीर्षकबाट ४ करोड ३ लाख १५ हजार ६ सय...

अयोध्याका विषयमा थप अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन गर्न आग्रह गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ...

४९ करोडको सबारीसाधन किन्दै प्रदेश १ सरकार

विराटनगर, असार ११–सवारी साधन खरिदसहित प्रशासनिक खर्च कटौती गर्ने घोषणा गरेको प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष करिब आधा अर्ब रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको छ । प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा...

नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

 काठमाडौं, २१ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार एकै दिन १६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो। आइतबार दिउँसो नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। साँझ...

जो जहाँ जहाँ छौं, त्यहीँत्यहीँ रहेर दसैं मनाऔँः प्रम ओली

काठमाडौं,  १० कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।  उनले चाडबाड केवल पर्व र उत्सव...

यी हुन नेकपा (एमाले) मोरङको ९ औँ अधिवेशनबाट सर्वसम्म निर्वाचित पदाधिकारी तथा सदस्य

विराटनगर, २९ पुस । एमाले मोरङको नौ जिल्ला अधिवेशनबाट छनौट भएका जिल्ला सदस्यहरुको नामवाली बुधबार सार्वजानिक गरिएको छ । अधिवेशनको हलबाट पदाधिकारी सर्वसम्मत भएपनि बाँकी जिल्ला सदस्यहरुको नाम टुङ्गो लाग्न सकेको थिएन । तर मनोनय...

तीन वर्षभित्र शिक्षामा क्रान्ति– मुख्यमन्त्री राई

[caption id="attachment_47277" align="alignnone" width="747"] जनसेवाको स्वर्णमहोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई ।[/caption]   कानेपोखरी (मोरङ) । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्