रतुवामाईको बालुबारीमा बोर्डर आउट पोष्ट स्थापना

 न्यूज विराट
रतुवामाईको बालुबारीमा बोर्डर आउट पोष्ट स्थापना

विराटनगर, असार ६–मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरीया स्थित भारतीय सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आृट पोष्ट(विओपि) स्थापना भएको छ । सो वडाको डोरीया स्थित बालुबारीमा स्थापना गरिएको बिओपिको रतुवामाई नगरपालिकाका नगर प्रमुख रवीन राई र शशस्त्र प्रहरी बल नेपाल १ नं. बराह बाहिनीका बाहिनीपति शसस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा उदुघाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रविन राईले बिओपि स्थापना सँगै सिमाक्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण नियमनमा सहयोग पुग्नुका साथै शन्ति सुरक्षामा बलपुग्ने बताए । उनले कुनै समयमा सीमा क्षेत्रमा असुरक्षाका कारणले सो क्षेत्रका वासिन्दाहरु आफ्नो वसोवासनै छाडेर जानुपर्ने अवस्था रहेको र हाल शसस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट स्थापना भएपछी सिमा क्षेत्रका वासिन्दाहरुले सुरक्षीत महसुस गर्ने विश्वास व्यक्त गरे ।

उनले सीमा क्षेत्रको सुरक्षाका लागि नगरपालिकाले सडकसमेत निर्माण गरिरहेको बताए । कार्यक्रममा शशस्त्र प्रहरी बल नेपाल १ नं. बराह बाहिनीका बाहिनीपति शसस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्रबहादुर थापाले सीमा क्षेत्रको सुरक्षाको लागि प्रत्येक साढे ३ किलोमिटरमा बोर्डर आृट पोष्ट स्थापना गरिने बताए । उनले स्थानीय जनताको व्यवहारिकतालाई बुझ्दै सीमाको सुरक्षामा खटिन शसस्त्र प्रहरीलाई निर्देशन दिए ।

कार्यक्रममा पोष्ट स्थापनाको निम्ती निशुल्क जग्गा उपलब्ध गराउने जगगादाता सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । उनले बोर्डर आउट पोष्ट बिओपिका लागि ८ कठा ४ धुर जग्गा निशुल्क उपलब्ध गराएका हुन् । पोष्टको भौतिक पूर्वाधार लगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको हो । बिओपीमा सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ३५ जना शसस्त्र प्रहरीको दरबन्दी रहने जनाइएको छ ।

सम्बन्धित समाचार

महिला क्रिकेट प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...

सरकारी निवासमा पार्टीको बैठक गर्नु खुलेआम भ्रष्टाचार : कमल थापा

काठमाडौं, १२ असार-राप्रपाका अध्यक्ष कमल थापाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्नु खुल्लेआम भ्रष्टाचार हुने बताएका छन् । सामाजिक संजाल ट्विटमार्फत् उनले प्रधानमन्त्रीको सरकारी निवासमा सरकारी साधन स्रोतको दुरुपयोग गरी पार्टीको बैठक राख्नु अख्तियारको दुरुपयोग...

ज्योती आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थीहरुका लागि क्लबले विराटनगर विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा नौलखा डेन्टल केयरको सहकार्यमा निःशुल्क...

पत्रकार खतिवडासहित तीन जना सम्मानित

विराटनगर । पुरुषोत्तम धनकुमारी चापागाई स्मृति प्रतिष्ठान विराटनगरले आफनो नवौं बार्षिकोत्सका अवसरमा भाषा साहित्य , धर्म संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान गर्ने तीन जनालाइ सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रममा आयोजना गरी तीन जनालाई...

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा पदबाट राजीनामा

काठमाडौं, २८ जेठ-रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।कार्यकारी निर्देशक कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा दिएका हुन्...

लमजुङमा भूकम्प : चार जना घाइते, एक दर्जन घरमा क्षति

पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका– ६ का ३६ वर्षीय उमा गुरुङ, वडा...

युवा सामाजिक अभियन्ताद्वारा विराटनगरमा दुई सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, २३ जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आज यहाँ खाद्यान्न वितरण गरेका छन् । म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६...

निर्वाचन आयोगमा जसपाको हेड काउन्ट : सनाखतका बेग्लाबेग्लै ठाउँ

जनता समाजवादी पार्टि (जसपा) का नेता कार्यकर्ता निर्वाचन आयोग पुगेका छन् । जसपा आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्