संक्रमितको उपचारमा संग्लन ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि 

 न्यूज विराट
संक्रमितको उपचारमा संग्लन ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि 

पोखरा, ५ असार-पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं गरिएको परीक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि सँगै अस्पतालले शुक्रबारदेखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ । विज्ञप्ति जारी गर्दै अस्पतालले स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि तत्कालका लागि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने जानकारी दिएको हो ।

पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संग्लन स्वास्थ्यकर्मीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।२० जेठमा पहिलो पटक संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा १ हप्ता खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

कोरोना अस्पतालमा कार्यरत ७ जनाको नमुना परीक्षण गरिएकोमा पाँचै जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना अस्पतालमा १ हप्ता बिताइएपछि उनीहरू अहिले पनि क्वारेन्टाइनमा नै रहेको बताइएको छ ।

सम्बन्धित समाचार

नेपाल अब कोरोनाको उच्च जोखिममा छैन : मन्त्री ढकाल

काठमाडौं, १९ वैशाख-सरकारले कोरोना भाइरसको परीक्षण बढाएको बताएको छ । शुक्रबार राष्ट्रियसभा विधायन व्यवस्था समिति बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना परिक्षण बढाएको बताएका हुन् । कोरोना परीक्षण कम भएको भन्दै सरकारको...

थप २ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, २० जेठ-नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये २ सय ७० जना पुरुष छन् भने १८ जना महिला छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले...

प्रतिनिधिसभा विघटनबारे आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ

काठमाडौं, २२ पुस-प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, अधिवक्ता दिनेश...

विराटनगरमा ११ जनासहित प्रदेश १ मा आज ५६ संक्रमित थपिए, संक्रमितको संख्या ३३६७ पुग्यो

विराटनगर, १५ भदौ-प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला...

एभरेष्ट बैंकबाट डेढ करोड चोरी, गिरोहका मुख्य योजनाकार र प्रबन्धकसहित ९ जना पक्राउ

विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना बचतर्कताहरूले जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैंकका कर्मचारीको मिलेमत्तोमा निकालेको पाइएको छ ।बैंकका उदयपुरका अपरेशन मेनेजर विराटनगर – ८ का ३४ वर्षीय...

प्याब्सन मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल

विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् ।नवनियुक्त अध्यक्ष सुवालले सोमबार प्याब्सन मोरङको कार्यालयमा पद तथा...

आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि

विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् ।विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी स्वच्छता’ दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरुलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको...

कर्णालीमा थप ११ कोरोना संक्रमित, संक्रमितको संख्या १२५६ पुग्यो

सुर्खेत, ७ असार-कर्णालीमा आइतबार ११ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना संक्रमित फेलापरेका हुन् । कर्णाली प्रदेश सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्