भीमफेदी-कुलेखानी र कान्तिराजपथ अवरुद्ध

 न्यूज विराट
भीमफेदी-कुलेखानी र कान्तिराजपथ अवरुद्ध

मकवानपुर, ४ असार-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका-६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौंडा-काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ ।

भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउन डोरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।

त्यसैगरी बुधबार साँझ आएको अविरल वर्षाले गर्दा हेटौंडादेखि ललितपुरको सात दोबाटो जोड्ने कान्तिराजपथको विभिन्न ७ स्थानमा पहिरो जाँदा हेटौंडा-ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ ।

कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्न स्थानमा गएको पहिरो हटाई शुक्रबार अपराह्नसम्ममा यातायात सेवा सञ्चालन गर्नेतर्फ आवश्यक प्राविधिकसहित डोजर खटाइसकेको मकवानपुका प्रजिअ दीपक नेपालले जानकारी दिए । रासस

सम्बन्धित समाचार

अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए...

एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागिसमर्थकलाई प्रहरीले नियन्त्रण लियो

एजेन्सी, ११ माघ । रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागि हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसियाका विभिन्न शहरमा भएको प्रदर्शनमा उत्रिएका करिब तीनहजार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजधानी मस्कोमा...

भगवती विद्या मन्दिर स्कुलले मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर – १४ मा रहेको भगवती विद्या मन्दिर १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक...

मातृभूमिप्रति समर्पित हुदै गीतको विश्व लोकर्पण

मोरङ,११ असार-विदेशमा बसोवास गरेपनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक यहाँ एक नेपाली गीतको विश्व लोकर्पण गरिएको छ। वेल्जियममा वसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी(पौडेल)द्वारा...

ब्राउन सुगर सहित दुई जना पक्राउ

विराटनगर, १२ असोज । झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका...

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं, ४ फागुन । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा...

कोरोनाको असर खनिज तेलमा : प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति

ओपेक, रसिया र अरू तेल उत्पादक राष्ट्रहरूबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो । कोरोनाभाइरसको महामारीका...

कांग्रेस अधिवेशन : प्रदेश सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्