भारत-चीनको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

 न्यूज विराट
भारत-चीनको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं, ३ असार-भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको बताइएको थियो ।

साथै, संयुक्त राष्ट्रसंघका महासचिवले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि आह्वान गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसको तर्फबाट सहायक प्रवक्ताद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘भारत र चीनबीचको सो विवादमा केही सैनिक हताहत भएको समाचार पनि हामीले सुनेका छौँ, हामीले परिस्थितिलाई थप उत्तेजक नबनाई वार्ताको माध्यमबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गर्दछौँ ।’

भारत र चीनबीचको ग्वालन भ्यालीस्थित लद्दाखमा यही जून १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको छ । सो झडपमा परेर भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । त्यस्तै, चीनले पनि आफ्ना सैनिक मारिएको जनाएको छ ।

चीनका उपविदेशमन्त्री लुओ जाहोई र चीनका लागि भारतका राजदूत विक्रम मिश्रीबीच बुधबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको बताइएको छ ।

सम्बन्धित समाचार

दुई जनाको दाबीपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति शुक्रबार मात्रै गर्ने

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति भोलि शुक्रबार प्रदेश प्रमुख पशुराम खापुङ्गले गर्ने भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा भोलि अपरान्ह ५ बजेसम्मको छ।...

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए...

मछिन्द्र क्लबले जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं, फागुन ३–कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाइ १–० गोलले हराउादै मछिन्द्रले पहिलोपटक ए डिभिजन लिगको उपाधि जितेको हो। दशरथ...

व्यापारीमाथि आक्रमण गर्नेलाई प्रहरीले यसरी समात्यो

विराटनगर । विराटनगरको मुख्य बजार ट्राफिक चोकको ग्लोबल बैङ्कभित्र सामान्य विवादलाई लिएर एक जना व्यापारीमाथि आक्रमण गरेको खुलेको छ ।विराटनगर – १५ घर भएका ३२ वर्षीय राहुलकुमार रायमाथि विराटनगर १२ का दीपेन्द्र कामतले चक्कु प्रहार...

देशभर एकै दिन थपिए १ हजार ४५४ संक्रमित

काठमाडौं, २६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

चौथो कोरोना संक्रमितसँगै नेपाल आएका विराटनगरका युवा क्वारेन्टाइनमा

नेपालमा फेला परेका कोरोना भाइरसका चौथो संक्रमित व्यक्तिसँगै आएका विराटनगरका एक युवा र उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । कैलालीको धनगढीका ३४ वर्षीय एक व्यक्ति चौथो संक्रमित भएको पुष्टि भई उपचाररत छन् । उनीसँगै...

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

काठमाडौं, १ भदौ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश...

पत्रकार र शिक्षकबीचको मैत्रीपूर्ण खेल बराबरी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा नेपाल पत्रकार महासंघ मोरङ र प्याब्सन विराटनगरबिच भएको एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरी भएको छ । सहिद मैदानमा शुक्रवार भएको खेलमा २–२ गोलको बराबरी भएको हो ।नेपाल पत्रकार महासंघ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्