भारत र चिनियाँ सैनिकबीच भिडन्त, भारतका वरिष्ठ सैन्य अधिकारीसहित ३ को मृत्यु

 न्यूज विराट
भारत र चिनियाँ सैनिकबीच भिडन्त, भारतका वरिष्ठ सैन्य अधिकारीसहित ३ को मृत्यु

एजेन्सी, असार २-लद्दाखको गलवानमा भारत र चीनका सैनिकबीच झडप भएको छ । झडपमा भारतीय एक सैनिक अधिकारीसहित ३ जनाको ज्यान गएको भारतीय सरकारको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको हो । भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो ।

बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारीसहित ३ सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

भारतीय सैनिक मुख्यालयले जारी गरेको वक्तव्यमा चिनियाँ पक्षतर्फ पनि केही क्षति पुगेको उल्लेख छ । यद्यपि चीनतर्फ कति सैनिकको मृत्यु र घाइते भए भन्ने बारेमा स्पष्ट जानकारी आइसकेको छैन ।

सैनिक मुख्यालयका अनुसार दुवै देशका वरिष्ठ सैनिक अधिकारी अहिले उक्त घटनालाई सुल्झाउनका लागि घटनास्थलमै बैठक बसिरहेका छन् । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ । गलवान उपत्यकामा भारत-चीनको लद्दाख सीमा रेखाको क्षेत्र हो ।

सम्बन्धित समाचार

काठमाडौंका तरकारी बजारमा उपभोक्ताको भीड

काठमाडौं, ८ वैशाख-काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारमा उपभोक्ताको भीड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जनाभन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर,...

प्रदेश १ मा ५७ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला,...

नेपालमा कोरोनामुक्त हुने दर ८१ प्रतिशत

काठमाडौं, २२ कात्तिक-नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार १ सय १४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २ सय...

सुनको भाउ आज पनि ताेलामा १ हजार रुपैयाँ घट्याे, चाँदीकाे स्थिर

सुनको भाउ मंगलबार प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा...

अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा ज्वरोका बिरामीकाे मृत्यु

कपिलवस्तुमा एक महिला कोरोना भाइरस त्रासकाे शिकार बनेकी छन् । ज्वरो आएर अस्पताल गए पनि काेराेना आशंकामा अस्पतालले उपचार गर्न नमानेपछि ती महिलाले ज्यान गुमाएकी हुन् । आइतबार राति ज्वरो आएपछि कपिलस्तु जिल्ला अस्पतालमा पुगेकी थिइन्, यशोधरा...

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर, १५ फागुन । झापा मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर...

कूल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १२ साउन-बैंक तथा वित्तीय संस्थाले आगामी ३ वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत...

कोरोना संक्रमणको आशंकामा काँकरभिट्टा नाकाबाट २ युक्रेनी नागरीक फिर्ता पठाइयो

झापा, फागुन २९–कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ । भारतका विभिन्न शहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्