दलित जनअघिकार मञ्चाद्वारा राहत वितरण

 न्यूज विराट
दलित जनअघिकार मञ्चाद्वारा राहत वितरण

विराटनगर, जेठ ३२–इटहरी क्षेत्रमा बसोबास गर्ने सुनचाँदी कालिगढ मजदुरहरुलाई राहत वितरण गरिएको छ । दलित जनअधिकार मञ्च र साथी फाउण्डेसनले अखिल नेपाल सुनचाँदी कालीगढ संघ इटहरीसँगको सहकार्यमा सो क्षेत्रमा बसोबास गर्ने १ सय ९ सुनचाँदी कालीगढ मजदुर परिवारलाई राहत वितरण गरेको हो ।

गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण काम ठप्प भएर दैनिक जिवन यापन गर्न समस्यामा परेका सुनचाँदी कालीगढ मजदुरलाई चामल, दाल, तेल, नुन लगायतका खाद्य सामाग्री राहत स्वरुप वितरण गरिएको हो ।

सो अवसरमा दलित जनअधिकार मञ्च तथा साथी फाउण्डेसनकी अध्यक्ष शान्ति गजमेरले बन्दाबन्दीका कारण सुनचाँदी पशल तथा व्यवसाय ठप्प भएर समस्यामा परेका सुनचाँदी कालीगढ मजदुरलाई थोरै भएपनि राहत होस भनेर खाद्यान्न वितरण गरिएको बताइन् ।

‘मुलुक अहिले कोरोना महामारिसँग जुधि रहेको छ । सवै क्षेत्र आक्रान्त बन्नेको छ । आर्थिक गतिविधिहरु बन्द भएर क्रमश सञ्चालनका क्रममा छन् । मुख्य सिजनमा पनि कोरोनाका कारण सुनचाँदी कालीगढहरु काम गर्न नपाएर समस्यामा पर्नुभएको छ ।’ उनले भनिन्,‘सवै ठप्प रहेको अवस्थामा थोरै भएपनि सहयोग पुगोस भनेर राहत वितरण गरिएको हो । यो नै प्रयाप्त होइन । आगामी दिनमा पनि यस्तै अवस्था रहे निरन्तरता दिइने छ ।’

राहत वितरणमा अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. १ का अध्यक्ष टिका प्रसाईँ, अखिल नेपाल सुनचाँदी कालीगढ संघका १ नं. प्रदेश इन्चार्ज अजय गदाइली, इटहरी इन्चार्ज कुमार गजमेर, नगर सदस्य विक्रम रसाइली, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी सहायक निरिक्षक शुन्दर कठायत लगायतको उपस्थिती रहेको थियो । राहत पाएपछी कालीगढहरुले संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

रोटरी क्लबद्वारा निःशुल्क बाल स्वास्थ्य शिविर

विराटनगर–रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाल दिवसको अवसरमा निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमसँगको सहकार्यमा डाउनटाउनले निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा २ देखि १४ वर्षसम्मका...

सुनसरीको देवानगन्जमा गोली चलाउनेको पहिचान खुल्योे, तीन जना घाइते

विराटनगर । सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चलेको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, १९ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । क्लबले स्वच्छ वातावरणका लागि सुरु गरेको बृक्षारोपण कार्यक्रम अन्तर्गत दोस्रो चरणमा विभिन्न स्थानमा बृक्षारोपण गरेको हो । क्लबले उद्योग...

फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो...

४४ जना सहसचिव तथा उपसचिवहरुको सरुवा

काठमाडौं, १९ जेठ-गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सुर्खेतका...

मधेस प्रदेशमा ससर्त अनुदानको १ अर्ब २५ करोड रकम आफूखुसी वितरण

जनकपुर — मधेस प्रदेश अर्थमन्त्रालयले स्थानीय तहलाई वितरण गरिने ससर्त अनुदानको १ अर्ब २५ करोड रुपैयाँ आफूखुसी वितरण गरेको पाइएको छ । सबै पालिकालाई बराबरी ससर्त अनुदानको रकम वितरण गर्ने कार्यविधिलाई अवज्ञा गर्दै अर्थमन्त्री संजय...

पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पौढ महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर क्लबले मोरङको जहदा गाउँपालिका–२ का २० जना प्रौ...

वीरगञ्जमा कोरोना संक्रमित १ पुरुषको मृत्यु

वीरगञ्ज, २१ साउन-वीरगञ्जमा बुधबार कोरोना भाइरस संक्रमण एक पुरुषको मृत्यु भएको छ । संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत ती पुरुषको आज बिहान मृत्यु भएको हो । वीरगञ्जको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्