नेपाली भूमिबाट भारतीय सेना हटाउन राप्रपाको माग 

 न्यूज विराट
नेपाली भूमिबाट भारतीय सेना हटाउन राप्रपाको माग 

काठमाडाैं, ३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउने प्रक्रिया थाल्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले भूमि फिर्ताका लागि बाँकी प्रक्रिया तत्काल थाल्न सरकारसँग माग गरेको हो । सीमा विवादमा भारतसँग सार्थक वार्ता गर्नुपर्नेमा पनि राप्रपाले जाेड दिएकाे छ ।

भारतबाट अतिक्रमित भूमि समेटेर तयार गरिएको नयाँ नक्सालाई संविधानकाे अनुसूचिमा समेट्न भएको संविधान (दोस्रो संशोधन) विधेयक पारित गराउन सरकारलाई समर्थन गरेको राप्रपाले देशको सिमानाबारे संसदबाट भएको सर्वसम्मत निर्णयलाई ऐतिहासिक र महत्त्वपूर्ण भनेको छ ।

यस्तै बैठकले पार्टी एकतापछि समायोजन र पार्टी दर्ता प्रक्रिया अघि बढाउने जिम्मेवारी सचिवालयलाई दिएको केन्द्रीय सचिवालयका प्रमुखहरू भास्कर भद्रा र ध्रुवबहादुर प्रधानले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

विराटनगरको बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, १ पुस । निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले विराटनगर बखरीस्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, धरानलाई पाँच गोल गर्दै दमक भेट्रान्स सेमिफाइनलमा

विराटनगर । झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब...

अस्पतालको झ्यालबाट हामफालेका ३ जना चिकित्सकको मृत्यु

एजेन्सी, बैशाख २५-कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न ३ जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रूपमा अस्पतालकाे झ्यालबाट हाम फालेको रसियाका सञ्चारमाध्यमहरूले बताएका छन् । ती चिकित्सकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ...

सबै कर्मचारीको पेशागत सुरक्षा गर्ने सागर थापाको उद्घोष

विराटनगर, २५ वैशाख । नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले कर्मचारीहरूको पेशागत सुरक्षाको प्रत्याभूति गर्ने बताएका छन् । आइतवार विराटनगर महानगरपालिका कर्मचारीहरूसँगको साक्षत्कार कार्यक्रममा बोल्दै आफूले महानगरपालिकाका नेतृत्व प्राप्त गरेपछि त्यहाँ कार्यरत सबै कर्मचारीहरूको...

विराटनगर रोडशेष चोकबाट ठुलो परिमाणमा भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद

विराटनगर, १३ माघ । विराटनगरको रोडषेश चोकबाट प्रहरीले ठुलो परिमाणमा अवैध कुखुरा बराबद गरेको छ । विराटनगर–१२ स्थित रोडशेष चोकबाट भारतको जोगवनीबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको ठुलो परिमाणमा बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो ।...

उज्वेकिस्तानले खसाल्यो अफगान सैन्य विमान

एजेन्सी, १ भदौ । उज्वेकिस्तानले अफगानिस्तानको एक सैन्य विमान खसालेको छ । उज्वेकिस्तानको रक्षा मन्त्रालयले सीमा उल्लंघन गरेको अफगान सैन्य विमानलाई खसालेको जनाएको हो । उक्त विमानमा कति सवार थिए र उनीहरूको अवस्था कस्तो छ...

ग्रामथान गाउँपालिकाका कर्मचारी विवाहमा रमाउँदै, सेवा प्रवाहमा समस्या

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अधिकांश कर्मचारीहरू विवाहमा जन्ती जाँदा सेवा प्रवाहमा समस्या देखिएको छ । गाउँपालिकाको योजना शाखाका पाँचौँ तहका कर्मचारी केदार त्रितालको विवाहमा ग्रामथान गाउँपालिकाका अधिकांश कर्मचारी जन्ती गएको कारणले सेवा प्रवाहमा समस्या...

धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २ भदौ-काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाका अनुसार धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्