समयमै आँखा परिक्षण गराइ दृष्टिविहीन हुनबाट बचाउनुपर्दछ : डा. सुवास पोखरेल

 न्यूज विराट
समयमै आँखा परिक्षण गराइ दृष्टिविहीन हुनबाट बचाउनुपर्दछ : डा. सुवास पोखरेल

विराटनगर । मधुमेह भएका व्यक्तिले समयमै आँखा परिक्षण गराइ दृष्टिविहीन हुनबाट बचाउनुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रममा चिकित्सकहरुले बताएका छन् ।

गोल्छा आँखा अस्पतालले विराटनगरमा विश्व मधुमेह दिवसको अवसर पारेर मधुमेहले आँखामा पार्ने असर (डाइबेटिक रेटिनोपेथी) बारे संञ्चारकर्मीसँग अन्र्तक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा गोल्छा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ तथा अस्पतालका चिप मेडिकल डाइरेक्टर डा. सुवास पोखरेलले मधुमेहकै कारण आँखामा पनि समस्या देखिने विरामी अस्पताल आउने क्रमम बढेको बताए ।
अस्पतालमा दैनिक ३ सय देखि ३ सय ५० जना आँखाका विरामी आउने मध्ये मधुमेहको कारण आँखामा समस्या आउने विरामी २८ प्रतिशत रहेको उने बताए । मधुमेहकै कारण आँखाको दृष्टि कमजोर हुँदै जाने उनले बताए ।

डा पोखरेलका अनुसार कपितय बिरामीहरु मधुमेहको पहिचान पछि आँखा परीक्षणका लागि आउने गरेका छन् भने कतिपय बिरामीहरु आँखामा समस्या भएपछि मात्रै उपचारका लागि आँखा अस्पतालमा आउने गरेका छन् ।
‘अझै पनि मधुमेहका बिरामीमा आँखा जाँच गराइराख्नुपर्छ भन्ने जानकारी छैन, मधुमेह जाँच गराउने चिकित्सक तथा स्वास्थ्यकर्मीले आँखाको जाँच गराउनुपर्छ भन्ने जानकारी दिनुपर्छ,’ उनले भने, ‘आँखा पनि जचाउनुर्छ भन्ने जानकारी नहुँदा आँखामा समस्या देखिएपछि मात्र उपचारका लागि आउने बिरामीहरु पनि छन् ।’

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा ५३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन् । मधुमेहकै कारण मानिसहरुमा अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र मृत्यु समेत हुने गरेको छ ।
हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति ब्यहोर्नु पर्छ ।

डा पोखरेलका अनुसार आँखामा देखिने समस्याहरु मध्ये डायवेटिक रेटिनेपेथी दृष्टिविहिन गराउने कारणहरुमध्ये एक प्रमुख कारण हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोश्रो प्रकारको मधुमेहमा करिब २ तिहाई बिरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ ।
मधुमेह भएका व्यक्तिमा आँखा धमिलो हुँदा सम्म रेटिनामा क्षति भइसकेको हुन्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र थाहा हुदा उपचार पछि पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुने डा पोखरेलको भनाइ छ ।

उनका अनुसार मधुमेहले आँखाको पर्दाको रक्त कोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।
संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना डाइबेटिक रेटिनोपेथीको कारणले हुने गरेको छ । आँखामा मधुमेहले पार्ने असर बारे जानकारी नहुँदा बिरामीहरुले मधुमेह हुँदा समयमै आँखा जाँच नगराएको चिकित्सकहरु बताउँछन् ।
मधुमेहका कारण हुने अन्धोपनबाट बच्न मधुमेह पहिचान भएपछि मधुमेह नियन्त्रण सँगै आँखाको पनि नियमित जाँच र समस्या देखिए समयमै उपचार गर्नुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

अन्तर कलेज भलबिल प्रतियोगिता सुरु

विराटनगर । जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो । उद्धाटन खेलमा इडनबर्ग कलेज विराटनगर विजयी भएको...

धम्की दिदै चन्दा असुली गर्ने गिरोह विराटनगरमा सक्रिय

विराटनगर । विराटनगरमा धाकधम्की दिदै चन्दा असुली गर्ने गिरोहको समूह सक्रिय रहेको पाइएको छ । विभिन्न नम्बरबाट फोन गर्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिएर विराटनगरको विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र औषधी व्यवसायीहरूसँग चन्दा असुली...

विराटनगरको लेखनाथ वाचनालयद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

विराटनगर, ३० चैत । विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । वाचनालयले १७ औं वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रमा योगदान पु¥याएबापत नवोदितलाई सम्मान गरेको...

विपन्न विद्यार्थीलाई राहात वितरण

विराटनगर, नेपाल बाल संगठन मोरङका सचिव राजु मास्केज्युको समन्वयमा श्री बाल मन्दिर आधारभूत विधालयमा पढ्ने विद्यार्थीहरुलाई राहात वितरण गरिएको छ । १३ औं गणतन्त्र दिवसको अवसरमा जर्मनी गैर आवासीय नेपाली संघका विशिष्ट संरक्षक दयाराम पौड्याल...

टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु

विराटनगर, ६ मंसिर । झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे...

निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

नेपालगञ्ज, ४ वैशाख-कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर...

नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ जेठ-नेपालमा थप  ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस...

बीपीमा २० वर्षीया संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु

विराटनगर, ८ भदौ-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्षीया कोरोना भाइरस संक्रमित महिलाले स्वस्थ्य शिशुलाई जन्म दिएकी छन् । मोरङको विराटनगर-३ की ती महिलाले बीपीको कोभिड–१९ अस्पतालमा सोमबार शिशुलाई जन्म दिएकी हुन् । आमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्