एजेन्सी, जेठ ३२-कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ ।
यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी दिएको छ । अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले गरिरहेका छन् ।
यो खोप युरोपेली संघका सदस्य देशलाई दिइनेछ । कम्पनीले खोपका उत्पादन बढाउने कोशिस भइरहेको र कोरोना महामारी नियन्त्रणका लागि यो खोप बिना नाफा नै आपूर्ति गरिने जनाएको छ । सो कम्पनीले यो वर्षको अन्त्यसम्ममा खोपको आपूर्ति सुरु हुने विश्वास व्यक्त गरेको छ ।