विश्वप्रसिद्ध अलीबाबा समूहका संस्थापक ज्याक मा वेपत्ता

 न्यूज विराट
विश्वप्रसिद्ध अलीबाबा समूहका संस्थापक ज्याक मा वेपत्ता

एजेन्सी, २० पुस-विश्वप्रसिद्ध अलीबाबा समूहका संस्थापक ज्याक मा बेपत्ता भएका छन् । चिनियाँ उद्यमी ज्याक मा पछिल्लो दुई महिनादेखि वेपत्ता भएको आशंका गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पछिल्लो मतभेद भइरहँदा अचानक गायव भएका ज्याक मा हराएका हुन् कि भन्ने प्रश्न उठ्न थालेको जनाइएको छ । सामाजिक सञ्जालमा समेत सक्रिय ज्याक माले पछिल्लो पटक अक्टोबर १० मा ट्वीट गरेका थिए ।

साथै उनी अफ्रिकाज बिजनेस हिरो नामको टिभी शोमा निर्णायकको रुपमा पनि नियुक्त थिए । तर निर्णायकको सूचीबाट उनको नाम पनि अचानक हटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

ज्याक माका प्रवक्ताले भने समय तालिका जुधेकाले गर्दा उक्त कार्यक्रममा उपस्थित हुन नसकेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय ज्याक मा सरकारी निकायहरुप्रति पनि आलोचना गर्न थालेका थिए ।

गत महिना उनीमाथि चीन सरकारले छानविन समेत गरेको थियो । ब्लूमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार ज्याक मा विश्वकै २५औं धनी व्यवसायीको रुपमा सूचीकृत चिनियाँ सफल उद्यमी हुन् । जसको कुल सम्पत्ती ५० दशमलब ६ बिलियन अमेरिकी डलर रहेको छ ।

सम्बन्धित समाचार

ट्रम्पकी दिदी भन्छिन्ः मेरो भाइ झुठ र धोकेबाज व्यक्ति

एजेन्सी, ८ भदौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले आफ्ना भाइ राष्ट्रपति ट्रम्पलाई कुनै सिद्धान्त नभएको झुठो व्यक्ति भएको बताएकी छन् । एक गोप्य रेकर्डिङमा उनले सो कुरा भनेको अडियो सार्वजनिक भएको हो । संघीय अदालतकी पूर्वन्यायाधीश...

प्रदेश १ मा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, ३ कात्तिक-कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको छ । विराटनगरमा चार र सुनसरीको धरानमा तीन संक्रमितको मृत्यु भएको । विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु भएको छ...

तेली कल्याणले निःशुल्क विवाह गरिदिने

विराटनगर । तेली कल्याण समाज मोरङले आर्थिक अवस्था नाजुक भएका परिवारको छोरा–छोरीको निःशुल्क विवाह गरिदिने भएको छ । आर्थिक अवस्था नाजुक भएर विवाह गर्न नसक्ने परिवारका छोरा छोरीहरूको निःशुल्क विवाह गरिदिने व्यवस्था गरेको हो ।समाजका...

लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो । विश्‍व स्वास्थ्य...

मेरो जीत सम्पूर्ण व्यवसायीको जीत हो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल...

छाङ्गरुमा बीओपी राख्न सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो

दार्चुला, बैशाख ३१-दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे...

पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड

मोरङ ,१० साउन । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् । तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने...

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले दुवै कमिटी घोषणा गरेको हो । सो समूहले एमालेका पूर्वउपाध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्