डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

 न्यूज विराट
डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

डडेल्धुरा, ३१ जेठ-डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । डडेल्धुरामा शनिबार देखिएका कोरोना संक्रमितमध्ये नवदुर्गा गाउँपालिकाका २३ र अमरगढी नगरपालिकाका १ जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित देखिनेमा नवदुर्गा गाउँपालिकाका २७ वर्षीय महिला, १९ देखि ४० वष उमेर समूहका २३ र अमरगढी नगरपालिकाका ३३ वर्षकी १ महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै, निको नभएर डडेल्धुराका ५ संक्रमितलाई घर पठाइएको छ । १४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

शनिबार जिल्लाकोे गन्यापधुरा गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, सोही गाउँपालिका–२ का १९ वर्षका युवक २५ र ५७ वर्षीय पुरुषलाई होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।

उनीहरूलाई डडेल्धुरा सदरमुकामस्थित अपि अस्पतालमा राखिएको थियो । जेठ ९ र १० गते भारतका विभिन्न शहरबाट आएका उनीहरूमा कोरोना पोजिटिभ देखिएको थियो ।

शनिबार ५ जना घर फर्किएसँगै डडेल्धुरामा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ पुगेको  छ । यसअघि परशुराम नगरपालिका–१० का २८ वर्षीय पुरुष कोरोना जितेर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

म र प्रचण्डबीच फाटाे ल्याउने ओलीप्रयास सफल हुन दिँदैनौँः माधव नेपाल

नेकपा वरिष्ठ नेता माधव नेपालले आफू र प्रचण्डबीच फाटाे ल्याउने प्रधानमन्त्री केपी ओलीकाे प्रयासलाई सफल हुन नदिने बताएका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहकाे केन्द्रीय संघर्ष समितिले काठमाडाैंमा आयाेजना गरेकाे विराेधसभामा नेता नेपालले आफूहरू पदका लागि नभई विधि...

कोरोनाबाट काठमाडौंमा मृत्यु हुनेको सङ्ख्या २ पुग्यो 

काठमाडौं, २२ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा १ जनाको मृत्यु भएको हो ।  ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको...

कोरोना संक्रमणका कारण युवा नेता नवराज शंकरको निधन

विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण नेकपा एमालेका युवा नेता नवराज शंकरको निधन भएको छ । नेकपा एमाले इलामका कार्यालय सचिव र एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य रहेका...

विष्फोटक पदार्थसहित विप्लवका इन्चार्ज र कार्यकर्ता पक्राउ

इलाम, २३ वैशाख  -इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे...

विदेशमा रहेका १२ नेपालीमा कोरोना पुष्टि, २ जनाको मृत्यु

वैदेशिक रोजगारीमा रहेका र विदेशमा बसोवास गर्दै आएका १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । ती १२ जनामध्ये २ जनाको मृत्यु भएको छ । यूएईमा २ जनालाई कोरोना भाइरस लागेको थियो...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

न्यूरो र अटलको सहकार्यमा विराटनगरमा सुविधा सम्पन्न सिटी क्लिनीक संचालन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल तथा अटल क्लिनीकको साझा प्रयासमा सिटी क्लिनीक संचालनमा आएको छ । विराटनगर – ९ जलजलारोडमा शुक्रबारदेखि सिटी क्लिनीक संचालनमा आएको हो । उक्त क्लिनीकको उद्घाटन विराटनगर महानगरपालिकाकी...

प्रदेश १ मा एकैदिन ९८ कोरोना संक्रमित थपिए

विराटनगर, २७ साउन–प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरङ ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १÷१ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्