आज संविधान संशोधन विधेयक पारित हुँदै

 न्यूज विराट
आज संविधान संशोधन विधेयक पारित हुँदै

काठमाडौं, ३१ जेठ-नेपालको संविधान दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदैछ । १८ जेठमा प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो ।

सङ्घीय संसद् सचिवालयले आज दिउँसो १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । संविधान संशोधन विधेयकमाथि जनता समाजवादी पार्टी नेत्री सरिता गिरीले एक संशोधन प्रस्ताव पनि दर्ता गरेकी छिन् ।

पार्टीले प्रस्ताव फिर्ताको लिखित निर्देशन नै दिए पनि गिरीले प्रस्ताव फिर्ता लिएकी छैनन् । प्राप्त संशोधन स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम अधिकार सभामुखमा हुनेछ । शनिबार विधेयकमा दफावार छलफलपछि पारितको प्रक्रिया अगाडि बढ्ने छ ।

हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संशोधन विधेयक पारित हुनेछ । हालसम्म सदनमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा ७ जेठमा सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार

सैनिक मुख्यालयमा सुरक्षा प्रमुखको बैठक

नेपाली सेनाको मुख्यालय भद्रकालीमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैठक सोमबार बसेको हो । बैठकमा कोरोना भाइसर (कोभिड- १९)...

न्युजल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले जित्यो टि–२० क्रिकेट विश्वकप

विराटनगर, २८ कात्तिक । टि–२० क्रिकेट विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको छ । आइतबार राति भएको फाइलमा न्युजल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले टि–२० क्रिकेट विश्वकपको उपाधी जितेको हो । लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिम...

जलाधारको संरक्षणले सिङ्गो सहरलाई संरक्षित गर्न सकिन्छ : केदार कार्की

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिङ्गो सहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् । शनिवार हसिना सिमसार परिसरमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जलाधार र जङ्गल क्षेत्रको विनासका...

अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए...

म्यान अफ द म्याच हुने खेलाडीलाई क्यूआरबाट भुक्तानी

विराटनगर । राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ । आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई...

सुनवर्षीमा अक्सिजनसहित २० बेडको आइसोलेन केन्द्र सञ्चालन

विराटनगर, ५ जेठ । नयाँ भेरियन्टको कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि मोरङको सुनवर्षी नगरपालिकाले सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि नगरपालिकाले वडा नं. २ स्थित अमरदह स्वास्थ्य चौकीमा अक्सिजनसहितको...

विराटनगरको पोखरीया देशकै उत्कृष्ट सामुदायिक विद्यालयबाट सम्मानित

विराटनगर । विराटनगरमा रहेको रहेको पोखरीया उच्च माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भएको भन्दै सम्मान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच पोखरीया माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भन्दै सम्मान...

औषधि व्यवसाय संकटमा, तत्काल सुधारको माग

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (NCDA) मोरङ शाखाले औषधि व्यवसायमा गहिरो संकट उत्पन्न भएको भन्दै तत्काल सुधारको माग गर्दै एक विज्ञप्ति जारी गरेको छ। संघले औषधि व्यवसायको ५२ वर्षे इतिहासलाई स्मरण गर्दै, अहिलेको आर्थिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्