अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

 न्यूज विराट
अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए पनि अहिलेसम्म नाम टुंग्याउन नसकेकामा लाज लागेको बताए ।

सरकारको कार्यकाल छोटो रहेको र प्रदेशसभाको दुईवटा अधिवेशन मात्र बाँकी रहेकाले आम जनताको माग, सवाल र चाहना एवं कामको सिलसिलामा पनि अप्ठ्यारा रहेको बताए । प्रदेशको नामकरणमा पनि चाँडै सहमति गरी टुंग्याउनुपर्नेमा उनको जोड थियो ।

स्वतन्त्ररूपमा पार्टीको धारणा आउने भएकाले छलफल गरेको बताउँदै राईले प्रदेशसभा सदस्यहरूले नामका सम्बन्धमा पार्टीको विचारअनुसार धारणा राख्ने उल्लेख गरे । नामकरणमा एकजुट हुन सबैलाई उनको आग्रह थियो ।

पहिचान, भूगोलको पहिचान र मिश्रित पहिचानका सम्बन्धमा तीन नामका विषयमा ललिचो भएर सहमतिका आधारमा दलहरूले आफ्नो दायित्व ठानेर छलफल गरी नाम टुंग्याउनुपर्ने राईले बताए । बहुदलीय व्यवस्थाको मूल मर्म सहकार्य र लचकता भएको चर्चा गर्दै राईले आवश्यक परे संयन्त्र बनाएर नियमित छलफल गरी नाममा सहमति कायम गर्न आग्रह गरे ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नामकरण पेचिलो र जटिल भए पनि साझा सहमतिका आधारमा संघीयता र युग सुहाउँदो नामकरण गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले सरकारले साझा प्रस्ताव ल्याएमा छलफल गरी नामकरण टुंग्याउन तयार रहेको बताए ।

नेकपा एकीकृत (समाजवादी) का केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले नामका सम्बन्धमा विविधताभित्र एकताको खोजी गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले प्रदेशमा बसोबास गर्ने नागरिकले अपनत्व स्वीकार गर्ने गरी नामकरण गर्नुपर्नेमा जोड दिए । हतारमा नभएर गम्भीररूपमा सुझबुझका साथ सहमति र सहकार्यका साथ निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।

नेकपा (माओवादी) केन्द्रका हर्क नेम्वाङले पहिचानलाई विशेष महत्व दिएर छलफल गर्न जोड दिए । यथाशीघ्र प्रदेशको नाम दिनुपर्ने उनको भनाइ थियो ।

जनता समाजवादी नेपालका प्रदेश उपाध्यक्ष राजकुमार यादवले पार्टीका तर्फबाट पहिचानको आधारमा प्रदेशको नाम किराँत–लिम्बुवान, मधेस– शेपालुङ हुनुपर्ने बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले संघीयताको आधार पहिचान हुनुपर्ने भन्दै सहमतिको आधारमा नामकरण गर्न आग्रह गरे ।

एकीकृत (समाजवादी) का प्रदेश अध्यक्ष बलदेव चौधरीले पहिचान, भूगोल र भाषा संस्कृतिका  आधारमा सबैलाई मान्य हुने नामकरण गर्नुपर्नेमा बताए ।

स्वास्थ्यमन्त्री जयराम यादवले सरकारले आफ्नो संयोजकत्वमा सर्वदलीय छलफलको आयोजना गरी प्रदेशको नामकरण टुङ्ग्याउन जिम्मेवारी दिएको बताए । सोहीअनुसार छलफल सुरु भएको चर्चा गर्दै यादवले आगामी दिनमा दलहरूबीच अझ विस्तृत र गहनरूपमा सहमति कायम गरी नाममा सहमति हुने विश्वास व्यक्त गरे ।

 

सम्बन्धित समाचार

मेसीले छाडे बार्सिलाेना

काठमाडौं, २२ साउन । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक अर्जेन्टिनी लियाेनल मेसीले स्पेनिस क्लब बार्सिलाेना छाडेका छन् । दुई दशक बार्सिलाेनाका लागि खेलेका मेसी सम्झाैता नवीकरण नभएपछि क्लबबाट बाहिरिएका हुन् ।  क्लबले विज्ञप्ति जारी गर्दै मेसीसँग भएकाे सम्झाैता...

विराटनगरको चुलाचुली मार्गमा फोहरको ‘डंगुर’, फोहर व्यवस्थापनमा देखिएन मेयर कोइरालाको सकृयता

विराटनगर, २५ जेठ । विराटनगरस्थित चुलाचुली मार्गमा फोहरको ‘डंगुर’ थुप्रीएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पदभार सम्हाल्ने वित्तिकै फोहर व्यवस्थापनमा सकृय भएपनि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको सकृयता नदेखिएको स्थानीयले गुनासो गरेका छन्...

रुसमा संक्रमितको संख्या ३ लाख ५३ हजार नाघ्यो

मस्को, जेठ १२–रुसमा संक्रमितको संख्या ३ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४६ जना नयां थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ३ लाख ५३ हजार ४ सय २७ जना...

र्यापिड डाइग्नोष्टिक टेस्टबाट ५ सय ५५ जनाको परिक्षण

विराटनगर, बैसाख ३–प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने...

कोरोना अस्पताललाई ६ आइसीयु वेड हस्तान्तरण

विराटनगर, वैशाख ३–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि बुधबार तीन वटा गैरसरकारी संस्थाले ६ आईसीयु वेड हस्तान्तरण गरेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयु...

रूकुम घटनाको ४ दिनपछि थप १ शव फेला, बेपत्ता २ जनाको खोजी कार्य जारी

सुर्खेत, १४ जेठ-पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले जाजरकोटको भेरी नगरपालिका-९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला पारेको हो ।...

एक परिवारलाई मासिक १ सिलिण्डर

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...

बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु

विराटनगर, १२ असार । उदयपुर ताप्लि २ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ बर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो १ बजे भैसी चराउन गएका परियारको सोही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्