भोलि संविधान संशोधन विधेयक पारित गर्ने तयारी, सबै दल संशोधनको पक्षमा

 न्यूज विराट
भोलि संविधान संशोधन विधेयक पारित गर्ने तयारी, सबै दल संशोधनको पक्षमा

काठमाडौं, ३० जेठ-भोलि संसदमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुनेछ । उक्त प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्वाहाङफेले प्रस्तुत गर्ने छन् ।

त्यसअघि उक्त विधेयकमाथि दफावार छलफलका लागि कानुनमन्त्रीले प्रस्तुत गर्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची रहेको छ । दफावार छलफलपछि मन्त्री तुम्वाहङफेले संशोधन विधेयक पारित गरियोस भनेर पेस गर्ने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ । उक्त प्रस्तावको पक्षमा सत्ता पक्ष र विपक्षले पनि मतदान गर्ने सहमति जुटेको छ ।

सरकारले ७ जेठमा भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूभाग समेटेर नक्सा सार्वजनिक गरेको छ । संविधानको अनुसूची ३ मा रहेको निसान छापमा नयाँ नक्सा अध्यावधिक गर्नका लागि संसदबाट संविधान संशोधन गरिँदै छ ।

नेपाली कांग्रेसले सरकारले संविधान संशोधन गर्न ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय १७ जेठमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको छ । बैठकले संसदीय दललाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । कांग्रेसले संविधान संशोधन प्रस्तावको विषयमा छलफल गर्न पहिला पधाधिकारी बैठक बोलाएको थियो । पदाधिकारीले केन्द्रीय कार्यसमितिलाई जिम्मा दिएको थियो ।

सम्बन्धित समाचार

नेपालसहितका १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

काठमाडौं, २० जेठ । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप...

प्याब्सन प्रेसिडेन्ट कप, चार स्कुल सेमिफाइनलमा

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कपमा विराटनगरका चार स्कुल सेमिफाइनलमा पुगको छन् । प्याब्सन विराटनगरको आयोजना भएको बुधबारको खेलमा डिपिएस, बिकेभिएम, ग्यालेक्सी र बुढानिलकण्ठ स्कुल विजयी भएर सेमिफाइनलमा पुगेको हो ।डिपिस स्कुलको खेलमैदानमा भएको खेलमा...

खोप लगाउनेको संख्या सरकारको लक्ष्यभन्दा कम, दुई दिन समय थपियो

सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप ४ लाख ३० हजारलाई लगाउने घोषणा गरेको थियो । तर, लक्ष्यअनुसार खोप लगाउनेको संख्या कम देखिएको छ । शनिबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २ सय २६ खोप केन्द्रबाट ३...

क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर...

मोरङको सुनवर्षीमा कांग्रेसको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ । हालसम्म वडा नम्बर १ को ३६८ मतगणना हुदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यज्ञबादुर कार्कीले १५६ मत प्राप्त गर्दै झिनो मतले...

प्रदेश १ मा आज ९ सयको परिक्षण गर्दा २१९ जनामा कोरोना पुष्टि, ६०० जना डिस्चार्ज

विराटनगर, २३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, तेहथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई, पाँचथर, भोजपुर...

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्याे, एकै दिन थपिए ११ संक्रमित

काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...

लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, १७ असार–सुनसरीको इनरुवा नगरपालिका(३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अख्तर आलम रहेका छन् । आज बिहान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्