कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना संक्रमण पुष्टि

 न्यूज विराट
कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना संक्रमण पुष्टि

काठकाडाैं, ३० जेठ-नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप जनामा ४४८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार संक्रमितमध्ये ४२४ पुरुष र २४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । जसमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन् ।

शुक्रबार थप १६ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये ४ जना महिला र १२ जना पुरुष छन् । योसँगै कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ८७७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म १ लाख २१ हजार ८ सय ६२ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । १ लाख ८८ हजार ५२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको अवधिमा ५ हजार ९ सय २५ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ९ हजार ९ सय ९९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । शुक्रबारसम्म देशभरका विभिन्न क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० जना रहेका छन् । त्यसैगरी ४ हजार १ सय ६९ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

नेप्से १९.२९ अंकले बढेको बढ्यो, साढे ६ अर्बको बारोबार

काठमाडौं, १८ माघ । सोमबार दोहोरो अंकले घटेको शेयरबजार परिसूचक नेप्से कारोबारको तेस्रो दिन मंगलबार १९.२९ अंकले बढेको छ । आज बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ । सोमबार २८७५.०५...

संक्रमणबाट निको हुने दर ७६.९ प्रतिशत

काठमाडौं, १५ कात्तिक-पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।...

गौहत्या आरोपमा देवदहबाट ३ जना पक्राउ

बुटवल, २४ वैशाख-रुपन्देहीको देवदहमा गाई काटेर खाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिका- १० भुलहीबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामप्रसाद पराजुली, सुकबहादुर परीयार...

प्रदेशले २ साताअघि घोषणा गरेको राहत जनकपुरधामबासीले अझै पाएनन्

जनकपुरधाम, ३ वैशाख-स्थानीय समाजसेवीले दैनिक राहत बाँडे पनि प्रदेश  सरकारले घोषणा गरेको सरकारी राहत जनकपुरधामवासीले भने अझैसम्म पाउन सकेका छैनन् । लकडाउनका कारण बेरोजगार बनेका मजदुर तथा विपन्न परिवारलाई लक्षित अहिले समस्यामा रहेका छन् ।...

हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको विवरण लिइने

चितवन, ८ वैशाख-शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि...

केन्द्रीय सदस्यमा निर्वाचित भएर विराटनगर फर्किएका मेयर पराजुलीले भने– अब दोश्रो पटक मेयर भएर अधुरो काम पुरा गर्छु

विराटनगर, १२ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएर फर्किएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दोस्रो पटक मेयर भएर अधुरा काम पुरा गर्ने बताएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएर सोमबार...

एमाले मोरङको अधिवेशन, नयाँ नेतृत्व चयनको लागि बुधबार विहान मतदान

विराटनगर । नेकपा एमाले मोरङको जारी १० औं जिल्ला अधिवेशनबाट नया नेतृत्व चयनका लागि बुधबार विहान मतदान हुने भएको छ । आज हुने भनिएको मतदान निर्वाचन कमिटीले बुधबार विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन...

इटहरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

विराटनगर, ९ असोज । सुनसरीको  इटहरी उपमहानगरपालिका -३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्