परीक्षणको दायरा बढाउन माग गर्दा प्रहरीको लाठीचार्ज

 न्यूज विराट
परीक्षणको दायरा बढाउन माग गर्दा प्रहरीको लाठीचार्ज

पोखरा, २९ जेठ-पोखरामा युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । लकडाउनको उल्लंघन गर्दै युवाले पोखराको राष्ट्र बैंक चोक र जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि प्रदर्शन गरेका हुन् ।

लकडाउनको उल्लंघन गर्दै प्रदर्शन गर्ने युवालाई प्रहरीले लाठीचार्ज गरेको छ । ‘स्वतन्त्र पोखरेली’ को नाममा जिल्ला प्रशासन कार्यालय कास्की अगाडि भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको हो ।

बढ्दो कोरोना संक्रमणका बीच सरकारले नियन्त्रणमा प्रभावकारी कदम नचालेको तथा पीसीआरको दायरा नबढाएको भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा युपाहरुले प्रधानमन्त्रीका कारण जनताले दु:ख पाएको, कोरोना महामारीको समयमा सरकारले काम नगरेको, व्यवसायीसँग कर लिन खोजेको, पीसीआर परीक्षणको दायरा नबढाएको लगायतका विभिन्न नारा लेखेको प्लेकार्डसहित नाराबाजी गरेका छन् ।

लकडाउन उलंघन गर्दै प्रदर्शन नगर्न प्रहरीले आग्रह गर्दागर्दै नमानेपछि लाठीचार्ज भएको प्रहरीले बताइएको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही युवालाई पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट भाेलि हुँदै

काठमाडाैं, २४ वैशाख-संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे छ । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो दिन अर्थात् भाेलि बिहान १० बजेदेखि सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे हाे ।

मधेसमा आज पनि सार्वजनिक बिदा, बलिदानी दिवस मनाइँदै

vमधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज (बुधबार) पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा...

‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा राज्य संवेदनशील हुनुपर्छ’

विराटनगर । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सोमबार आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो...

कोरोना भाइरस बीमा स्थगित

काठमाडौं, २३ जेठ-बीमा समिति र नेपाल बीमक संघबीच कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । संघका अनुसार २ पक्षबीच भएको छलफलपछि शुक्रबारदेखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको हो । हालसम्म ३ लाखले...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा कटिहारको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हराउँदै अन्तिम आठमा पुगेको छ । मंगलबार भएको दोस्रो खेलमा सिराहले १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर...

विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन

विराटनगर, १९ मंसिर–प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस सम्बन्धी अभिमुखीकरण...

जीवन विकासको अध्यक्षमा बिक्रमराज सुवेदी

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा बिक्रमराज सुवेदी चयन भएका छन् ।आइतबार संस्थापक समूहबाट सुवेदीसँगै प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य सञ्चालकमा निर्वाचित भएका थिए । आइतबार नै बसेको...

धुलिखेलमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न टोली क्वारेन्टाइनमा

काठमाडौं, ३ जेठ-धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न चिकित्सकसहितको टोलीलाई क्वारेन्टाइनमा राखिएको छ । मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ देखिएपछि उपचारमा संलग्न टोलीलाई क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जनाएको छ । ‘उपचारमा संलग्न सबैलाई क्वारेन्टाइनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्