
आज १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण
काठमाडौं, १३ असोज-मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ९१ को पीसीआर गर्दा आज १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो...
विराटनगर, १९ मंसिर–प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस सम्बन्धी अभिमुखीकरण सुरु गरिएको छ ।
विराटनगरमा आजदेखि सुरु भएको अभिमुखीकरणको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सूचना प्रणाली व्यवस्थित नहुँदा समस्या हुने गरेको बताए । तीन तहको सरकारका कारण पनि सूचना प्रणालीमा केही समस्या भएको उनले बताए । ‘कानुनगत समस्याका कारण रिपोर्टिङमा समस्या छ ।’ उनले भने,‘रिपोर्टिङ प्रकृया झन्झटिलो भएकाले सिधै समन्वका लागि सहजीकरणको प्रवन्ध हुँदै गएको छ ।’
संविधानको भावना र मर्म तीन तहवीच समन्वय, सहकार्य र सहजीकरणको सिद्धान्तलाई तीन तहको सरकारले आत्मासाथ नगरेको मन्त्री घिमिरेले गुनासो गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा प्रमुख बद्रिनाथ ज्ञवालीले देशभरको सूचना प्रणालीलाई एकद्वार बनाउने नीति अनुसार कार्यक्रम कार्यन्वयन गर्दै लगिएको बताए । उनले ७ वटै प्रदेशमा अभिमुखीकरणको काम भईरहेको बताए ।
सामाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आजदेखि मोरङ, सुनसरी र झापाका तीन जिल्लामा अभिमुखीकरण शुरु भएको छ । आगामी १० दिन भित्रमा १ सय ३७ वटै स्थानीय तहमा कार्यक्रम कार्यन्वयनका लागि अभिमुखीकरण गरिसकिने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डा. सुरेश महेताले जानकारी दिए ।
युएस एड जिएचएससी पिएसएम परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा शुरु अभिमुखीकरण पछि आपुर्ती व्यवस्थापनमा सहज हुने डा. मेहताले बताए । उनले जहाँबाट पनि स्थानीय तहमा रहेको स्वास्थ्य सामाग्री, औषधि लगायतको मौज्दातका वास्तविक जानकारी हुने र दोहोरोपना हट्ने जानकारी दिए ।
प्रदेश १ का स्वास्थ्य कार्यालयहरु र जिल्ला अस्पतालहरुमा भने विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आईसकेको डा. मेहताले बताए । युएसएड जिएचएससी पिएसएम प्रोजेक्टका कन्ट्री डाईरेक्टर म्याक्स कवालिसाले आपुर्ती व्यवस्थापन सूचना प्रणालीले औषधि र औषधिजन्य सामाग्रीको सहि तथ्याङक थाहा हुनुका साथै सुशासन कायम गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानवहादुर वस्नेत लगायतले विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणालीले तथ्याङ्कमा आधारित निर्णय दिन सहयोग पुग्ने बताए ।
काठमाडौं, १३ असोज-मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ९१ को पीसीआर गर्दा आज १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो...
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जलले विजय सुरूवात गरेको छ । विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट...
काठमाडौं, जेठ १८–आज पनि देशका विभिन्न भूभागका मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय...
काठमाडौं, २ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदका लागि विवाद नगर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको च्यासलस्थित पार्टीनिकट अनेरास्ववियूको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले युवा भएकाले अहिले आफ्नो...
विराटनगर, ८ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मस्तिष्क पक्षाघात (सेरेब्रल पाल्सी) भएका बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर आदर्श उच्च मा.वि स्थित रोटरी भवनमा क्लबले...
काठमाडौं, ३१ वैशाख-उपचारपछि निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ । आज मात्रै चितवनबाट १ महिला र बुटवलमा उपचाररत १ जना पुरुष डिस्चार्ज भएका छन् । 'बुटवलमा उपचाररत २५ वर्षीय पुरुष ११औँ दिनमा र...
विराटनगर । मैथिली अनलाइनको प्रस्तुति तथा मोरङका तीन जना सक्रिय पत्रकारहरुको भुमिका रहेको बहुचर्चित मैथिली गीत ‘दिल तोड़नी छे तुँ…’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ । मैथिली अनलाइनको यूट्युब च्यानलबाट १ जनवरी २०२३ को...
काठमाडौं, १५ कात्तिक-सत्तारूढ नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ । शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.