६ वर्षदेखि फरार डाँका मुद्दाका अभियुक्त समातिए

 न्यूज विराट
६ वर्षदेखि फरार डाँका मुद्दाका अभियुक्त समातिए

जनकपुर, २८ जेठ-६ वर्षदेखि फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङगा नगरपालिका ८ का ३२ वर्षीय अनिलकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । लकडाउनका बेला घर आएको मौका छोपी प्रहरीले पक्राउ गरेको छ ।

गोसाई चौधरीको जाहेरीमा सप्तरी जिल्ला अदालतले २०७१ असार १७ गते रामलाई डाँका मुद्दामा ३ वर्ष कैद सजायको फैसला गरेको थियो । इलाका प्रहरी कार्यालय कडोरबोना सप्तरीबाट खटिएको प्रहरी निरीक्षक रामराजा केशरीसहितको प्रहरी टोलीले रामलाई घरबाटै पक्राउ गरेको हो ।

लकडाउनका बेला काठमाडौंबाट घर आएको सूचना पाएपछि एक सातादेखि उनको घर वरिपरी सादा पोशाकमा प्रहरी परिचालित गरेको थियो । घरबाट निक्लिए लगत्तै डाँका मुद्दाका फरार अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरिएका प्रहरी नायब उपरीक्षक भारतीले बताए । सप्तरी जिल्ला अदालतको आदेशमा रामलाई राजविराजस्थित कारागारमा कैदका लागि पठाइएको छ ।

सम्बन्धित समाचार

आयोगले थाल्याे निर्वाचनकाे तयारी

काठमाडौं, १२ पुस-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता...

चितवनमा ५३७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४...

हरेक वर्ष ५ प्रतिशतले लागूऔषध प्रयोगकर्तामा वृद्धि, दण्ड हैन उपचारको विकल्प खोजौँ

काठमाडौं । हरेक वर्ष ५ प्रतिशतका दरले नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि आएको सरकारी तथ्यांकले देखाएको छ । लागूऔषध प्रयोगकर्तामा कमी आउनुको अलवा प्रत्येक वर्ष ५ दशमलब ६ प्रतिशतले बढ्नुमा गरिबी मुख्य कारक रहेको अधिकारीहरुले...

अर्थमन्त्रीको शेयर बजारमा चासो, अब सरकारले पनि लगानी गर्ने आशा

काठमाडौं, १६ असार । अब पुँजी बजारमा सरकारले पनि चासो देखाएको छ । उच्च विन्दुमा पुगेर फर्किएको बजारलाई आफ्नै लयमा फर्काउन अर्थमन्त्री विष्णु पौडेलले चासो देखाएका हुन् । पुँजी बजारले देशको अर्थतन्त्रमा पनि ठुलो प्रभाव...

विवाहित महिलाको लागि मिसेस कोशी, पुस २ गते पहिलो अडिसन

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने भएको छ । यो प्रतियोगितामा विवाहित महिला, एकल र...

नेपाल टेलिकमको ४ गुणा बनोस, ९० पैसामा एमबी डाटा

नेपाल टेलिकमले २०७६ चैत २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ ।...

पर्यटन पर्यटन क्षेत्रमा १५ खर्बको लगानी

संस्कृति पर्यटन तथा नागरि उड्यन मन्त्रालयले पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी भएको जनाएको छ । कोरोनाको संक्रमण देखिन थालेपछि गरिएको अध्ययनको आधारमा पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँभन्दा बढीको लगानी देखिएको जनाइएको छ ।...

९ पटक मुद्दा खेपिसकेका राई डेढ किलो गाँजासहित पक्राउ

विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्