विदेशमा रहेका प्रदेश १ का नागरिकको तथ्यांक संकलन सुरू

 न्यूज विराट
विदेशमा रहेका प्रदेश १ का नागरिकको तथ्यांक संकलन सुरू

विराटनगर, २७ जेठ-प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकको लागि अनलनाइनबाट तथ्यांक संकलन सुरू गरेको छ ।

कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरिको तथ्यांक संकलन गर्ने गरी अनलाइन फारम भर्ने प्रदेश सरकारले व्यवस्था मिलाएको हो । उक्त तथ्यांक संकलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले मंगलबार शुभारम्भ गरे ।

५ जेठमा मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । उक्त तथ्यांक https://helpline.p1.gov.np/ मा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रदेश योजना आयोगमा रहनेछ ।

यो फारमले आफ्ना नागरिकहरुको सिपलाई प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताए । ‘विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरुको सिपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौं’ मुख्यमन्त्री राईले भने, ‘तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचीका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुनेछ ।’

विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यमा जोड्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राईले बताए । यो तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताए ।

तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने उनको भनाई छ । यो अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावली समेत राखिएको छ ।

सम्बन्धित समाचार

एपिएफ विराटनगरमा जारी मिल्स गोल्डकपको फाइनलमा

विराटनगर, ११ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी...

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...

सामाजि क्षेत्रमा सक्रिय युवा नेता गिरी, विराटनगरको मदरसामा सहयोग गर्ने प्रतिवद्धता

विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरी पछिल्लो समय सामाजि क्षेत्रमा सक्रिय भएर लागि परेका छन् । उनले आर्थिक विपन्न परिवारलाई जाडोको न्यायो कपडा बितरणदेखि उपचार नपाएर अस्पतालमा छटपटिरहेका विरामीको उपचार गरेर सामाजि कार्यमा...

हिसान स्पोर्टस् मिट : उपाधीको लागि आधा दर्जन कलेज भिड्दै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको हिसान स्पोर्ट्स मिटको फाइनलमा आधा दर्जन कलेज पुगेका छन् । आइतबार भएको खेलमा शिक्षादिप, विकेभिएम, कान्तिपुर, अरनिको, सिद्धार्थ र मोडर्न एरा कलेज फाइनलमा पुगेको हो ।विराटनगरको वैजनाथपुरको क्रिकेट...

६ दिनमै कोरोना जितेर घर फर्किइन् भक्तपुरकी संक्रमित जनप्रतिनिधि

भक्तपुर, १६ जेठ-कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । ६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि...

आज १५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २७ कात्तिक-गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०...

साइकलयात्रीलाई कटपिट गर्ने आयुषलाई ज्यानमार्ने उद्योगमा मुद्दा

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने...

सुनवर्षीबाट ७ लाखको अवैध चाँदीसहित एक महिला पक्राउ

विराटनगर, १८ माघ । प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट ती महिलालाई पक्राउ गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्