तिलोत्तमा हत्या प्रकरणः स्थानीयको अवरोधले शव उठ्न सकेन

 न्यूज विराट
तिलोत्तमा हत्या प्रकरणः स्थानीयको अवरोधले शव उठ्न सकेन

बुटवल, २८ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारको एक पशु फार्ममा ५ जनाको हत्यामा संग्लनलाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले मृतकको शव उठान अवरोध गरेका छन् ।

शव लैजान २ वटा एम्बुलेन्स घटनास्थल पुगि सकेका छन् । तर, हत्यामा संग्लनलाई सार्वजनिक गनुपर्ने स्थानीयको मागले शव उठ्न सकेको छैन ।

‘हत्यामा संग्लनलाई सार्वजनिक नगर्दासम्म शव उठाउन दिँदैनौँ’, घटनामा ज्यान गुमाएका पोषराज मुसहरकी भाउजू प्रमेकली मुसहरले भनिन्, ‘विस्तृत अनुसन्धान नगरेरै शवलाई पोको पारेर लैजान दिँदैनौँ।’ गएराती भएको विभत्स हत्याकाण्डमा ५ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ४० वर्षीय माधव मुसहर, उनकी ३७ वर्षीया श्रीमती जानकी, १७ वर्षका करण चौधरी, १७ वर्षकै आशिष चौधरी र १४ वर्षीय पोषराज मुसहर रहेका छन् । घटनामा संग्लन रहेको आरोपमा फार्ममा सँगै काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीलालई प्रहरील पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

सम्बन्धित समाचार

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता

विराटनगर । कोशी प्रदेश सरकार मातहतमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ वटै जिल्लामा रहेको सरकारी हस्पिटलहरुमा ल्याब सेवा विस्तार गरेको छ ।विराटनगर १४ मा रहेको प्रयोगशालाले कोशी प्रदेश भित्रको १४ जिल्ला अस्पताल र पाँच वटा...

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, १६ कात्तिक-प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले प्रदेश...

जसपामा किचलो : यादव समूहले लगायो ठाकुर पक्षले जालसाजी गरेको आरोप

काठमाडौं, ५ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण फेरेकोप्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । यादवले पक्षले शनिबार विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले जालसाजी गरेको आरोप लगाएको...

विराटनगर महानगरले ल्यायो ३ अर्व ४९ करोड ९८ लाखको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ३ अर्व ४९ करोड ९८ लाख ८६ हजार रुपैयाको बजेट ल्याएको छ ।महानगरपालिको चौथो नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले सोमबार  सो बरावरको आगमी आर्थिक वर्षको...

प्रदेश स्तरीय कबड्डी सुरु , सोलुखुम्बु र उदयपुरले समान अंक बाढ्यो

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास...

पाल्पा पहिरो अपडेट : थप १ जनाको शव भेटियो

बुटवल, ९ असार-सोमबार दिउँसो तानसेन नगरपालिका-११ सम्मोबारीमा गएको पहिरोमा पर्ने थप १ जनाको शव भेटिएको छ । सम्मोबारीमा गएको पहिरोमा भएको दुर्घटनाको उद्धारका क्रममा थप १ जनाको शव फेला परेको प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका...

प्रदेश १ मा थप ९ जनामा कोरोना पुष्टि

विराटनगर, जेठ ६–प्रदेश १ मा मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापाको कचनकबल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार सोही गाउँपालिकाका एक व्यक्तिमा...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्