पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाईनबाट संक्रमितको भर्ना

 न्यूज विराट
पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाईनबाट संक्रमितको भर्ना

विराटनगर, जेठ २५–मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने गरेको भन्दै उनले संक्रमित भर्ना हुनुअघि अनलाईनबाट वेड बुक गर्न सक्ने प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताए । उनले भने,‘संक्रमितले वेड वुक गरेपछि वेड नं. र वेडको लोकेसनका आधारमा भर्ना हुनेछन् ।’ संक्रमण देखिएको स्थानबाट एम्वुलेन्सले अस्पताल ल्याएर छाड्ने र संक्रमित सोझै वेडमा पुग्ने गरिको व्यवस्थापन मिलाईएको मन्त्री घिमिरेले बताए ।

अनलाईन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । सोही टिमले अनलाईन भर्नाको व्यवस्थापन गर्ने भएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिईएको छ । सुन्दहरैचामा संक्रमितको उपचार शुरु भएपछि आज सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका अस्पताल महाशाखा प्रमुख सागर प्रसाई लगायतले अनुगमन गरेका छन् ।

मन्त्री घिमिरेले पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेश पोखरेल, नर्सीङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेनाका मेजर, अस्पताल प्रशासन प्रमुखसँग छलफल गरेका छन् । छलफलमा अस्पतालमा तत्काल आवस्यक देखिएका समस्याहरु सोमबारर भित्रमा समाधान गरिने निर्णय भएको छ ।

शुक्रबार देखि सञ्चालनमा आएको सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा आज सम्म ५२ जना उपचाररत रहेका छन् । उपचार केन्द्रमा अहिले ७४ वेड तयार गरिएको छ । सामाजिक विकास मन्त्री घिमिरेले थप ५१ वेडको तयारी गर्न निर्देशन दिएका छन् । ५१ वेड थपिएपछि सुन्दरहरैचामा १ सय २५ वेड तयार हुने छ ।

संक्रमितको उपचारमा पूर्वाञ्चल विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । सामाजिक विकास मन्त्रालयले समग्र व्यवस्थापकीय र चिकित्सकीय कामका लागि मेडिकल अफिसर डा. रोहित भण्डारी र अधिकृत धरणी निरौलालाई खटाउने भएको छ । मन्त्रालयले अस्पतालमा २४ सै घण्टाका लागि एउटा एम्वुलेन्सको पनि प्रवन्ध गर्ने भएको छ ।

सम्बन्धित समाचार

विराटनगरको लर्डबुद्ध र कोशी मोडल स्कुल मर्जर

विराटनगर । विराटनगर स्थित लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल मर्जर भएको छ । एक कार्यक्रम आयोजना गरी लर्डबुद्ध र कोशी मोडल स्कुल सोमबार मर्जर भएको हो ।मर्जर पत्रमा लर्डबुद्ध स्कुलको तर्फबाट प्रबन्ध...

प्रेस सेन्टरको स्थापना दिवसमा आश्रममा फलफूल वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।प्रेस सेन्टर नेपाल मोरङले मंलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल...

एपिएफ विराटनगरमा जारी मिल्स गोल्डकपको फाइनलमा

विराटनगर, ११ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी...

पर्सामा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, ९ भदौ-पर्सामा मृत्यु भएका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ । वीरगन्जको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका पर्साको जीराभवानी गाँउपालिका- ४ सुपौलीका ६८ वर्षीय पुरुषको पीसीआर पोजिटिभ देखिएको...

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की पार्टी प्यालेस बबरमहलमा...

प्रदेश १ मा आज १०० जना डिस्चार्ज हुँदा १९ संक्रमित थपिए

विराटनगर २३ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पतालमा

काठमाडाैं, ३ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । कोरोना भाइरस (काेभिड-१९) संक्रमित १ महिलाको मृत्यु भएपछि टोली धुलिखेल अस्पताल पुगेको हो । ‘काेभिड-१९ कै संक्रमणले मृत्यु भएको रहेछ भने यो पहिलो...

प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए

विराटनगर, २० साउन–प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्