हवाई भाडामा भारी छुट

 न्यूज विराट
हवाई भाडामा भारी छुट

काठमाडौं, २५ जेठ-हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत् जनाएको हो ।

हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको २५ जेठ २०७७ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँ फ्युल चार्ज कायम गरिएको आज जारी भनिएको छ।

नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन उडानका लागि ८ सय ६० घटाएर २ हजार २ सय ३० रूपैयाँ कायम गरिएको छ । काठमाडौं-भद्रपुरको ७ सय ५० घटाइ १ हजार ९ सय ५० रूपैयाँ बनाइएको छ । काठमाडौं-विराटनगर गन्तव्यमा साविकको २ हजार १६० बाट ६ सय घटाएर १ हजार ५ सय ५० रूपैयाँ कायम गरिएको छ ।

पोखराको २७० घटाएर ६ सय ९५ रूपैयाँ बनाइएको छ । काठमाडौं-धनगढीको साविकको ३ न हजार ९ सय ७५ बाट १ हजार १०५ घटाई २ हजार ८ सय ७० रूपैयाँ निर्धारण गरिएको छ । काठमाडौं-नेपालगञ्जको ८१५ घटाई २ हजार ११५ रूपैयाँ बनाइएको छ । सबैभन्दा कम काठमाडौं-सिमरामा ५ सय ५८ र सबैभन्दा बढी काठमाडौं-धनगढी गन्तव्यको भाडा रहेको छ ।

हवाई इन्धनको मूल्य जे-जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्री) को २०७५ जेठ २७ निर्णय गरेको थियो । सोही निर्णयअनुसार सङ्घमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणालीअनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको सङ्घका महासचिव योगराज कँडेल शर्माले बताए ।

कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ । चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ । पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरिएको छ । आगामी १७ असारदेखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन् । रासस

सम्बन्धित समाचार

अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए...

इन्डो नेपाल क्रिकेट प्रतियोगिता, झापालाई हराउँदै पटना सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । विराटनगरको जुट मिल खेलमैदानमा सोमबार भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले...

ट्राफिक नियम उल्लंघन गर्ने ठुलो सवारीमा ‘व्हिल लक’, नो पार्किङमा सवारी राखे कारवाहीमा

विराटनगर। ट्राफिक नियम उल्लंघन गर्ने मालवक र ठुला सवारी साधनमा ‘व्हिल लक’ लगाएर जिल्लाट्राफिक प्रहरी कार्यालय मोरङले कारवाहीको दायारमा ल्याउने गरेको छ । भारतबाटआएका ठुला सवारी साधनहरूले जथाभावी पार्किक गरी सवारी अवगमन अस्तव्यस्त गराउन थालेपछिपार्किङ...

नेपाललाई भारतकाे पीसीआर टेस्ट किट, ३० हजार व्यक्तिको परीक्षण गर्न सकिने

काठमाडाैं, २६ जेठ-भारतले ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट किट नेपाललाई सहयाेगस्वरूप उपलब्ध गराएकाे छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माइ ल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ...

सङ्घीय सरकारसँग सहकार्य मात्रै हैन सङ्घर्ष पनि गर्छौ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ । मङ्गलवार विराटनगरमा आयोजित स्थानीयतहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्रीकार्कीले यस्तो बताउनु भएको हो...

एक हप्तापछि आयोगको निर्णयले ठूलो भूकम्प ल्याउँछ : आयुक्त थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा स्पष्टीकरणले तरंगित भएको बताएका छन् ।निर्वाचन आयोगले विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन आचारसंहिता...

डायलासिस गर्न नपाएर सेती अस्पतालमा १ जनाको मृत्यु

धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...

धरानमा पहिरोले पुरिएर दुई बच्चाको मृत्यु

विराटनगर, २ कात्तिक । सुनसरीको धरानमा मंगलबार पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर एकै परिवारका एक बालिका र एक बालकको मृत्यु भएको हो । सुनसरी धरान उपमहानगरपालिका–...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्