‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता’

 न्यूज विराट
‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता’

काठमाडौं, २५ जेठ-आज विश्व खाद्य दिवस । ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाइँदै छ । दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देश तथा विदेशमा रहेका सबै नेपालीलाई खाद्य दिवसको शुभकामना दिएका छन् ।

आइतबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा प्रधानमन्त्री ओलीले नगरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको वताए ।

उनले भनेका छन्, ‘खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका छौँ । खानेकुरा नभएर बालबालिकाले सडकमा माग्दै हिँड्नु पर्ने अवस्थाको अन्त्य गरी उनीहरूको व्वस्थापन गरेका छौँ ।’

यदाकदा कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पुर्‍याइदिन पनि समेत उनले सबैमा आह्वान गरेका छन् । कोरोना भाइरसको महामारीले अहिले विश्व कठीन मोडबाट गुज्रिरहेको अवस्थामा पनि खाद्य दिवस मनाउनु पर्ने प्रधानमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ ।

सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष ७ जूनमा विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार सन् २०१९ देखि हरेक वर्ष विश्वव्यापी रुपमा खाद्य दिवस मनाइँदै आइएको छ ।

सम्बन्धित समाचार

कोशी खेलकुद महोत्सवको तयारी पूरा, एक दर्जन खेल समावेश

विराटनगर । प्रथम कोशी खेलकुद महोत्सव – २०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै फागुन १३ गते देखि १८ गते सम्म संचालन हुने खेल महोत्सवको तयारी...

सुनसरीको दुहवीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ९ असार । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला...

टि–२० क्रिकेट प्रतियोगिता : इलाम र झापाको रोमाञ्चक जित

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेको छ । बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७ संक्रमित थपिए

विराटनगर, २४ मंसिर–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक...

कोरोना भाइरसबाट गर्भवती नर्सको मृत्यु, बच्चा जीवितै निकालियो

एजेन्सी, बैशाख ४-कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक गर्भवती नर्सको मृत्यु भएको छ । तर चिकित्सकहरुले उनको पेटमा रहेको बच्चा शल्यक्रियामार्फत जीवितै निकाल्न सफल भएका छन् । लुटन एन्ड डलस्टेबल युनिभर्सिटी अस्पतालमा २८ वर्षकी नर्स मेरी...

निजी विद्यालयहरुले शुल्क बढाउन नपाउने विराटनगर महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष...

बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर, ८ माघ । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा दुई रुपैयाँले मूल्य समायोजन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्