प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहसँग छलफल

 न्यूज विराट
प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहसँग छलफल

काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका संघसंगठन तथा पदाधिकारीसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या, क्वारेन्टिनको निर्माण, स्वास्थ्य सामग्रीको अवस्था, आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको बारेमा भएको गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोभिड-१९ रोकथाम र नियन्त्रणमा स्थानीय तहले खेलेको भूमिकाको सराहना गर्दै कोभिड-१९ को रोकथाम र नियन्त्रण सङ्घ, प्रदेश र स्थानीय तहले मिलेर गरेमात्र सफलता प्राप्त गर्न सकिने बताए ।

उनका अनुसार प्रधानमन्त्रीले कोभिड-१९ नियन्त्रण गर्नका लागि स्थानीय तहका समस्याका बारेमा सुझावसमेत लिएका थिए । उनले लामो समय लकडाउनका कारणले मुलुकको आर्थिकलगायतका गतिविधि ठप्प रहेका भन्दै उक्त गतिविधि चलायनमान गराउनुपर्ने र कोभिड-१९ को नियन्त्रण  पनि गर्नुपर्ने भएकाले दुवै चुनौतीलाई सँगैसँगै लैजानुपर्ने बताएको महासङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्यान्जुका अनुसार प्रधानमन्त्री ओलीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले कोभिड-१९ नियन्त्रण गर्न स्थानीय तहले भूमिका खेल्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले स्थानीय सरकार जति सक्रिय भयो त्यति नै चाँडो कोभिड–१९ नियन्त्रण गर्न सकिने बताए । उनले स्थानीय तहको सवलीकरण गरेर मात्र मुलुकमा आर्थिक विकास गर्न सकिने धारणासमेत व्यक्त गरे ।

छलफलमा प्रधानमन्त्रीलाई स्थानीय तहमा कोभिड–१९ नियन्त्रण गर्न खेलेको भूमिका र समस्याका बारेमा आफूहरुले जानकारी गराएको अध्यक्ष ब्यान्जुले बताए । उनले सांसदलाई छुट्टाइएको स्थानीय पूर्वाधार विकास कोषको रकम कोभिड-१९ को रोकथाम र नियन्त्रणमा खर्च गर्न प्रधानमन्त्रीसँग माग गरे । छलफलमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दासलगायतको सहभागिता रहेको थियो ।  रासस 

सम्बन्धित समाचार

नयाँ मन्त्रीहरूको सपथग्रहण

काठमाडौं, जेठ २१ -नवनियुक्त मन्त्रीहरूले सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित बिशेष समारोहबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । यस्तो...

हवाइसेवा बन्द हुँदा नमूना संकलनमा समस्या

सरकारले हवाइसेवासहित देश लकडाउन गरेपछि सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) को ‘स्वाव’ परीक्षणमा समस्या देखिएको छ । सरकारले मंगलबारदेखि लकडाउन गरेपछि प्रदेशमा ‘स्वाव’ परीक्षणमा समस्या भएको हो । सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला सेती प्रादेशिक अस्पतालभित्र राखिएको...

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल

काठमाडौं,  १० कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् ।  दसैं, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान महासंघ सुनसरीद्वारा आन्दोलनको चेतावनी

विराटनगर, २१ साउन । भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघले सुनसरीमा आन्दोलनको चेतावनी दिएको छ । आयोग खारेजीको निर्णय फिर्ता हुनु पर्ने माग गरेको महासंघले त्यसो नगरिए आन्दोलन चर्काउन...

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् । आजको...

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार

दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण सुरु हुने भएको छ । लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका...

टेलिभिजनको लाइभमै ओबामा, बुस र क्लिन्टनले कोरोनाको खोप लगाउने

एजेन्सी, १९ मंसिर-अमेरिकाका तीन जना पूर्व राष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । अमेरिकी पूर्वराष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनले टेलिभिजनको लाइभ प्रशारणमा नै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्