आज राती लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने

 न्यूज विराट
आज राती लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने

काठमाडौं, २३ जेठ-नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राती लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने ग्रहण नेपालबाट नदेखिने भएकाले यसलाई बार्नु नपर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

‘नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ’ उनले भने । ७ असार २०७७ आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण मात्र नेपालबाट देखिने समितिले जनाएको छ ।

 नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्ने र यो नेपालबाट पनि देखिने जनाएको छ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर बिरल छायाँ अर्थात् ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएको अध्यक्ष सुरेश भट्टराईले बताए ।

यो छायाँजनित ग्रहण भएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुनसक्ने सोसाइटीले जनाएको छ ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज हुँदा १३५ संक्रमित थपिए

विराटनगर, १९ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ सय ९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज...

अर्किड र ग्रिनपिस क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई...

थम रविदानन्द चौधरी कप : राइजिङ भेट्रान सेमिफाइनलमा

विराटनगर । सुनसरी इटहरीको राइजिङ भेट्रान्स क्लब प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा बिहीबार भएको खेलमा ढल्केजोवन भेट्रान प्रकाशपुरलाई ४–३गोलले...

सौन्दर्य कला ब्यवसायी संघ विराटनगरमा गठन, अध्यक्षमा जुली प्याकुरेल

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा आज भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिबमा हिरा प्रधान र कोषाध्यक्षमा...

बीपीमा २० वर्षीया संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु

विराटनगर, ८ भदौ-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्षीया कोरोना भाइरस संक्रमित महिलाले स्वस्थ्य शिशुलाई जन्म दिएकी छन् । मोरङको विराटनगर-३ की ती महिलाले बीपीको कोभिड–१९ अस्पतालमा सोमबार शिशुलाई जन्म दिएकी हुन् । आमा...

डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विराटनगरमा विमोचन

विराटनगर, २९ असार । अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । प्रदेश नम्बर १...

कटहरीका सामुदायिक विद्यालयलाई प्रविधीसँग जोड्दै पालिका

विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक...

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्