आजदेखि विदेशमा अलपत्र नेपालीको उद्धार, उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार

 न्यूज विराट
आजदेखि विदेशमा अलपत्र नेपालीको उद्धार, उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार

काठमाडौं, २३ जेठ-विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । २ ‘होल्डिङ सेन्टर’ भने जगेडामा राखिएका छन् ।

विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै ३ हजार क्षमताको बनाइएको छ । सरकारले कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली शुक्रबारदेखि नेपाल फर्काउँदै छ ।

काठमाडौैं ३, ललितपुरमा २ र भक्तपुरमा २ सेन्टर निर्माण गरिएको छ । काठमाडौं र ललितपुरमा २ होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौं र भक्तपुरमा १/१ हजार क्षमताका बनाइएको छ भने ललितपुरमा ९ सय क्षमताका छन् ।

सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेन्टरको आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए । अन्य निकायको सहयोगमा सेनाले विमानस्थलबाट आएदेखि होल्डिङ सेन्टरमा राख्ने र सम्बन्धित प्रदेशमा नबुझाउँदासम्मको प्रक्रिया, सुरक्षा तथा अन्य व्यवस्थापनको काममा सेनाको महत्वपूर्ण भूमिका रहने उनले जानकारी दिए ।

सरकारले काठमाडौंको यती पार्टी प्यालेस बसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस बसुन्धारामा होल्डिङ सेन्टर तयार पारेको छ । जगेडाका रूपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ ।

काठमाडौंमा रहेको होल्डिङ सेन्टरमा बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का नागरिकलाई छुट्टाछुट्टै रूपमा राखिनेछ ।  भक्तपुरमा १ हजार क्षमताका २ पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका-४ स्थित हेरिटेज बैंक्वेट रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ ।

प्रजिअ पाण्डेले भक्तपुरमा फोटोसहितको फर्म भर्ने व्यवस्था मिलाइएको तथा राती बस्नुपर्ने अबस्था हुन सक्ने भएकाले आवश्यक बेडको समेत व्यवस्थापन गरिएको जानकारी दिइन् ।

ललितपुरमा ९ सय नाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रुपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यहाँको होल्डिङस्थलमा आएका नागरिकलाई सरल र सुरक्षित रुपमा व्यवस्थापन गरेर सम्बन्धित क्षेत्रमा पुर्‍याउने विषयमा आवश्यक तयारीको काम पूरा गरिएको जानकारी दिए । यहाँको खाने बस्ने व्यवस्थापन भने सरकारले गर्नेछ ।

सबै होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिक रुपमा व्यवस्थापन गरिएको छ । अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिएको छ । सेन्टरमा विशेषज्ञ चिकित्सकसहिको टोली रहनेछ । विदेशमा रहेका नेपाली मध्ये पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहाबाट १ सय ५० जनाभन्दा बढी नेपाली स्वदेश फर्कने निश्चित भएको छ ।

श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका, विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ । ४० हजार हाराहारीका नागरिकले स्वदेश आउन चाहना राखेका छन् ।

सम्बन्धित समाचार

प्रथम बुढीगंगा हाफ म्याराथन हुने, बिजेतालाई नगद १ लाख पुरस्कार

विराटनगर । मोरङको बुढीगंगामा कार्तिक १० गते प्रथम बुढीगंगा राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । लायन्स क्बल अफ टंकिसिनवारी ग्रिनसिटीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आयोजकले विराटनगरमा सोमबार...

मदर मैरी स्कुलले मनायो रजत जयन्ती

विराटनगर । विराटनगर – १५ दिपज्योती टोलमा रहेको मदर मैरी ईङलिस स्कुलले रजत जयन्ती मनाएको छ । ।स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनपालथान गाउँपालिका अध्यक्ष...

विराटनगरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

विराटनगर । विराटनगर – ३ पुष्पमार्गमा शनिबार बिहानै भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘खतरा ’ भन्ने लेखेर पुष्पमार्गमा मबिलको बट्टा राखिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरमा...

सीमा सुरक्षाका लागि गाउँपालिकाले म्यादी प्रहरी राख्ने

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं ७ को भँगालेटार, वडा नं ९...

विराटनगरमा गुरूङ सामुदायको सदभावपूर्ण म्याराथन दौड

विराटनगर । तुम लोसार २०१८ को अवसर पारेर विराटनगरमा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको आयोजनामा विराटनगरमा शनिबार विहान उक्त प्रतियोगिता आयोजना गरिएको हो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जित्यो १४ अवार्ड

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक दर्जन बढी विभिन्न अवार्ड जितेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ को समतिले एकै पटक १४ वटा अवार्ड जितेको हो ।  आउटस्ट्याण्डीङ क्लब अफ...

सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

सप्तरी, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा...

युवा संघका कार्यकर्ताले गरे रूपन्देहीमा माधव नेपालको पुतला दहन

रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ । बुधबार साँझ एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा नेता माधव नेपालको पुतला दहन गरेको हो । प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्