सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

 न्यूज विराट
सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो।

प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँनेछन् । ‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’

एक कार्यक्रमका बीचमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरिएको छ ।

सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर यउक्त सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उनले बताए । आजदेखि लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एकबर्षपछि रिनु हुने बताईएको छ । प्रेस युनियनले सुरुमा पत्रकारहरुको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउँनेछ।

सम्बन्धित समाचार

विराटनगरको दक्षिणी क्षेत्र डुबानमा

विराटनगर, असार २८–केहिदिनयता परेको लगातारको बर्षापछि विराटनगरको दक्षिणीक्षेत्र जलमग्न भएको छ । केशलिया खोलाले धार परिर्वतनगरि बस्ती प्रवेश गरेपछि सो क्षेत्र जलमग्न भएको हो । लगाताको बर्षापछि केशलिया खोलाको जलस्तर बढ्दै गएर बस्ती प्रवेश गरेपछि...

आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि

विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् ।विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी स्वच्छता’ दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरुलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको...

ताप्लेजुङका आगलागी पीडितको पुनःस्थापना गर्न सरकार साथमा छः मन्त्री भट्टराई

ताप्लेजुङ, २१ वैशाख-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् । आज बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको...

समान पहुँचका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल

काठमाडौं, २२ असार-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटाैँ...

कोरोना संक्रमणबाट सप्तरीका थप एक जनाको मृत्यु

विराटनगर, १० असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शनिबार बिहान १ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ...

रुस र युक्रेनबीच बढ्दो तनावका बीच लुहान्स्कमा शक्तिशाली विष्फाेट

काठमाडौं, ७ फागुन । रुस र युक्रेनबीच बढ्दो तनावका बीच लुहान्स्कमा शक्तिशाली विष्फाेट भएको स्पुतनिकले जनाएको छ । विष्फाेट ग्यास पाइपलाइन ‘दुर्ज्भामा’ मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्षेपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार...

मजदुरका लागि राहत प्याकेज ल्याउँछौँ :मुख्यमन्त्री शाही

सुर्खेत, १९ वैशाख-१३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना सन्देश दिँदै श्रमजीवि मजदुर वर्गका दैनिक जीविकोपार्जनसँग जोडिएका समस्या सामाधान गर्न आवश्यक कदम चाल्ने बताएका छन् । कोरोना भाइरसका कारणले लकडाउनमा परेका...

कोरोना संक्रमित पत्रकारको उपचारका लागि महासंघ मोरङले स्थापना गर्याे कोरोना समन्वय कोष

विराटनगर, ३० बैशाख । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गरेको छ । बिहीबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्