लकडाउनले पनि असर नगरेको रोजगारी 

 न्यूज विराट
लकडाउनले पनि असर नगरेको रोजगारी 

काठमाडौं,२१ जेठ-कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा छ । ११ चैतदेखि सुरु भएको लकडाउन ३२ जेठसम्म लम्बिएको छ । कोरोना सक्रमितको तथ्याङ्क बढ्दो छ ।

बुधबारसम्म देशभर २ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । कोरोनाका कारण ८ जनाको मृत्यु भइसकेको छ । लकडाउनले गर्दा होटल, कलकारखाना, उद्योगहरू सबै पूर्ण रूपमा बन्द अवस्थामा छन् ।

लकडाउनकै कारण हजाराैँ मजदुरले रोजगारी गुमाएका छन् । यो क्रम अझै जारी रहने कतिपय रोजगारदाता कम्पनीको भनाइ छ । कोरोनाका कारण देशभर रोजगार गुमाउनेहरूको तथ्यांक यकिन नभए पनि लाखाैँ मजदुर यसको मारमा परेका छन् ।

लकडाउनले चम्किएकाे कैदीबन्दीको रोजगार

लकडाउनले लाखौँको रोजगारी गुम्दा पनि कारागारभित्र रहेका कैदीबन्दीहरूको रोजगार भने चम्किएको छ । उनीहरूलाई लकडाउनको कुनै पर्वाह छैन ।

लकडाउन नहुँदाजस्तै कारागार प्रशासनले कैदीबन्दीका लागि उपलब्ध गराएको उद्योगभित्र कैदीहरूले आ–आफ्नो काम गर्दै आएको डिल्लीबजार कारागारका प्रमुख जेलर अरुण पोखरेलले बताए ।

‘लकडाउनका कारण कैदीहरूको रोजगारी भने अझ बढेको छ । उनीहरूलाई अहिले काम गर्न समस्या पनि भएको छैन । बरु लकडाउन नहुँदा उनीहरूका आफन्त भेट्न आउँथे काममा डिस्टर्ब हुन्थ्यो । अहिले आफन्तसँगको भेटघाट रोकेका छौँ । त्यस कारण पनि उनीहरूले मजासँगले तनावमुक्त भएर काम गर्न पाएका छन्,’ जेलर पोखरेलले भने ।

डिल्लीबजार कारागारभित्र गलैँचा, फर्निचर उद्योग, सुन बनाउने काम निरन्तर रूपमा चलेको पोखरेलले बताए । सामग्री निर्माणका लागि बाहिरका कम्पनीहरूले कच्चा पदार्थ उपलब्ध गराउने र कैदीहरूले निर्माण गर्ने गरेको जेलर पोखरेलको भनाइ छ ।

त्यसरी नै सुन्धारा कारागारभित्रका कैदीहरूले पनि पर्स, पोते बुन्ने, मुडा बनाउने कामना निरिन्तरता दिइरहेकाे सुन्धारा कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।

‘कारागारभित्र कमाएर घर खर्च दिने कैदीबन्दीहरू पनि यस जेलभित्र छन् । कारागारभित्र मेहनत गर्ने कैदीहरूको काममा असर नपुगोस् भनेर हामीले त्यस्तो काम गर्ने कैदीहरूलाई सहुलियत दिने काम गरेका छौँ,’ उनले भने ।

सुन्धारा कारागारभित्रको सरकारी कपडा उद्योग भने बन्द रहेको उनको भनाइ छ । हाल देशभरका कारागारभित्रका कैदीबन्दीहरूले विभिन्न घरेलु सामग्री उत्पादन गर्दै आएको कारागार विभागले जनाएको छ ।

सम्बन्धित समाचार

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुंगा,  ७ कात्तिक-ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन्...

जङ्गी अड्डामा पृतना सम्मेलन

काठमाडौं, ५ असार-मुलुकको सुरक्षा अवस्था र कोभिड-१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति सम्मेलन सुरू भएको छ । उक्त सम्मेलनमा उपत्यका बाहिरका ७...

श्रमिकको तलब २५ हजार पुर्‍याउन माग राख्दै सडकमा ट्रेड युनियन

विराटनगर । संयूक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब मासिक २५ हजार पुर्‍याउन माग गर्दै सडक आन्दोलनको कार्यक्रम सुरु गरेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बाढीपिडितलाई राहत वितरण

विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...

शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम...

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ६ फागुन । मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२...

‘लक डाउन’ मा जाने धरान उपमहानगरपालिकाको निर्णय

विराटनगर, चैत १०–धरान उपमहानगरपालिकाले ‘लक डाउन’ मा जाने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि लकडाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताइन् । लकडाउनका घोषणा भएसँगै...

प्रदेश १ मा आज ८६ संक्रमित थपिए, संक्रमितको संख्या १९०७ पुग्यो

विराटनगर, ३१ साउन–प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ महिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्